१ नं. प्रदेश कृषि मन्त्रालयले काम थाल्यो - Pahilo Online

१ नं. प्रदेश कृषि मन्त्रालयले काम थाल्यो

writer

विराटनगर । एक नम्बर प्रदेशको भूमि व्यवस्थान, कृषि तथा सहकारी मन्त्रालयले तथ्यांक संकलनबाट आफ्नो काम सुरु गरेको छ । मन्त्रालयले बिहीबार विराटनगरमा परिचयत्मक कार्यक्रम गर्दै सहकारी, कृषि, भुमी लगायतका सरकारी तथा गैरसरकारी संस्थाका सरोकारवालासंग सुझाव संकलन गरेको छ ।

मन्त्रालयका सचिव डा.हरिबहादुर केसीले जनशक्ति र पूर्वाधार अभावले गर्दा काम गर्दा केहि असजिलो भएपनि काम सुरु गरेको बताउनुभयो । क्षेत्रीय पशु सेवा निर्देशनालयमा स्थापना भएको मन्त्रालयका लागि अहिले रंगरोगन, फर्निचर व्यवस्थापनको काम भइरहेको छ । २९ जना कर्मचारी मन्त्रालयमा रहने सरकारले निर्णय गरेको भएपनि १८ जनाको चिठ्ठी आएको र १३ जना हाजिर भएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा सहभागि भूमी, कृषि, सहकारी लगायतका विभन्नि कार्यालयका प्रतिनिधिहरुले कानून अभावमा संघीय र स्थानीय सरकारस“ग कसरी समन्वय गर्ने बारेसमेत प्रष्ट नहँुदा अन्यौलता देखिएको गुनासो गरे । सचिव केसीले भने प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ अनुसार काम सुरु गरेको बताउनुभयो ।

‘संघीय र स्थानीय सरकारबीच सम्बन्ध बिस्तार, आउ“दो आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेटको तयारी गर्न प्रारम्भिक तयारमिा जुटेका छौं,’ सचिब केसीले भन्नुभयो, ‘६० बर्षदेखिको संरचना भत्काएर नया“ संरचना तयार गर्न कठिनाई हुनु स्वभाविक हो । तर, गर्दै गएपछि मात्रै हुने भएकोले काम सुरु गरेका छौं ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes