जिम्बावेद्वारा ११६ रनले नेपाल पराजित - Pahilo Online

जिम्बावेद्वारा ११६ रनले नेपाल पराजित

writer

पहिलो अनलाइन

विराटनगर । विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल आयोजक जिम्बावेसँग पराजित भएको छ। आइतबार जिम्बावेको बुलवायो मैदानमा भएको खेलमा नेपालले ३८१ रनको कठिन चुनौती पाएको थियो। टेस्ट खेल्ने राष्ट्र जिम्बावेले दिएको उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभर पूरै खेलेर २६४ रन मात्र बनायो। नेपाल ११६ रनले पराजित भएको हो।

सुधारिएको ब्याटिङ गरेको नेपालको बलिङ भने अपेक्षा अनुसार भएन। नेपालका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाए। शरद भेषवाकरले ५२ रन बनाउँदा अर्का ब्याट्सम्यान आरिफ शेखले ५० रन जोडे। शरदले ६० बल खेलेर ६ चौका र एक छक्का प्रहार गरेका थिए। त्यस्तै कप्तान पारस खड्का ४० रनमा आउट भए।

उपकप्तान ज्ञानेन्द्र मल्ल ३२, रोहितकुमार पौडेल ३० र दिपेन्द्रसिंह ऐरीले २३ रन बनाए। जिम्बावेका लागि म्यान अफ द म्याच खेल प्रस्तुत गरेका सिकन्दर राजाले महत्वपूर्ण ३ विकेट लिए। ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका राजा नेपालका लागि बलिङमा पनि विजयको बाधक बने। त्यस्तै, विरन भिटोरीले २ विकेट लिएका थिए।

चतारा, जर्भिस र क्रेमेरले १(१ विकेट लिए। टस जितेर ब्याटिङ रोजेको जिम्बावेका लागि दुई ब्याट्सम्यानले शतक प्रहार गरे। उसका सिकन्दर राजाले १२३ र ब्रेन्डन टेलरले १०० रन बनाए। यी दुवैलाई सोमपाल कामीले लगातार आउट गरेका थिए। त्यस्तै, सोलोमन मिरेले ५२ रन प्रहार गरे।

नेपालका लागि सोमपाल र वसन्त रेग्मीले समान २–२, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा १–१ विकेट रह्यो। चलेन नेपालको बलिङ नेपालको जिम्बावेविरुद्ध केही सुधारिएको ब्याटिङ देख्न पाइयो। नेपालले टेस्ट खेल्न राष्ट्र र समूह बीको शीर्ष टीम जिम्बाविविरुद्ध २६४ रन बनायो। तर, नेपालको बलिङ पक्ष भने जिम्बावेका ब्याट्सम्यानसामु टिक्न सकेन।

नेपालका सोमपाल कामीले ८ ओभर खेलेर ८२ रन खर्चिए। कप्तान पारस खड्काले ५ ओभर खेलेर ५७ रन खर्चिए। सन्दीप लामिछानेले १० ओभरमा ६७ रन दिएर १ विकेट लिए। त्यस्तै वसन्त रेग्मीले पनि १० ओभर फाल्दा ६९ रन खर्चिए। धारिलो मानिएको नेपालको बलिङ आज भने आशातित नतिजा दिन सकेन र जिम्बावेले ३८० रन जोड्यो। उसका दुई खेलाडिले शतक प्रहार गरे।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes