मुनामदन बंगलादेशमा मञ्चन हुने - Pahilo Online

मुनामदन बंगलादेशमा मञ्चन हुने

writer

विराटनगर, २० फागुन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति मुनामदनमा आधारित नाटक बंगलादेशमा पनि मञ्चन हुने भएको छ ।
सार्क कल्चरल सोसाइटीको अग्रसरतामा मुनामदनलाई बंगलादेश लाने योजना बनाइएको छ । तयारीका लागि सोसाइटीका नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र गुरागाईं चैत १० गते बंगलादेश जाने जनाइएको छ ।

यसैबीच, दर्शकबाट अत्यधिक रुचाइएको ‘मुनामदन’ नाटक सोमबार विराटनगरमा तीन वटा अतिरिक्त शो मञ्चन हुने भएको छ । विराटनगरस्थित आरोहरण गुरुकुलको सुशीला कोइराला नाटक घरमा बिहान सवा १०, पैने १२ र साढे १ बजे तीनवटा शो मञ्चन हुन लागेको हो ।

दर्शकबाट अधिक रुचाइएपछि अतिरिक्त शो मञ्चन गर्न लागिएको हो । तीनवटै शो बुक भइसकेको छ । नाटकको प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, सामाजिक विकासमन्त्री जीवन घिमिरे, महानगरपालिकाका मेयर भीम पराजुलीलगायतको हेरेका थिए ।

नाटकको औपचारिक समापन भने बिहीबार नै भइसकेको छ । तर, दर्शकबाट अधिक रुचाइएपछि पुनः अतिरिक्त शो देखाउन लागिएको हो । नाटकले सफलता प्राप्त गरिसकेकाले आगामी भदौमा पनि मुनामदन पुनः मञ्चन गरिने नाट्य संयोजक कमल पोखरेलले जानकारी दिनुभयो ।

मुनामदनको नाट्य रुपान्तरण तथा संवाद लेखन युवा साहित्यकार कट्वाल दीपकले गरेका हुन् । सुदीप कार्कीले निर्देशन गरेको नाटकमा लकेश दंगाल, सरु कटुवाल, मनाहाङ लावती, अनु श्रेष्ठ, प्रविण राई, जिना राई, निशान मगर, सविना भट्टराई, सन्जित राई, विकेक आचार्य र लकेश राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes