उर्लाबारी, २० फागुन । मोरङको मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आइतबार बिहान एक महिलाको शव फेला परेको छ ।
स्थानीय ४४ वर्षीया शान्तिकला तामाङको शव भेटिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको बलात्कारपछि हत्या गरिएको देखिएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईंले बताउनुभयो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।