तराई–मधेस क्षेत्रमा फागुपर्व मनाइँदै (फोटो फिचर) - Pahilo Online

तराई–मधेस क्षेत्रमा फागुपर्व मनाइँदै (फोटो फिचर)

writer

विराटनगर । तराई मधेशमा आज फागूपर्व मनाइँदै छ । जनकपुरबाहेक तराई–मधेस क्षेत्रमा शुक्रबार होली मनाइन लागेको हो । जनकपुर क्षेत्रमा भने मिथिला माध्यमिकी परिक्रमाका कारण शनिबार मनाइँदैछ । फागु पूर्णिमाका दिन राति होलिका दहन सकेर भोलिपल्ट रंङ अबिर खेल्दै मिष्ठान्न भोजन गरेपछि समापन गरिने होली पर्व तराई–मधेस क्षेत्रको आपसी प्रेम दर्शाउने मुख्य पर्वका रूपमा होलीको महत्त्व छ।

होलीपर्वको सन्दर्भ सत्ययुगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न आगोमा पोलिएर नमर्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा राखेर प्रह्लादलाई अग्निकुण्डमा राख्दा होलिका भष्म भएकी तर प्रह्लाद भने बाँच्न सफल भएको पुराणमा उल्लेख छ। मिथिलावासीले भने मिथिलापुत्री जानकीको सन्दर्भ जोडेर यो पर्वको ओज बढेको हो । मिथिलामा यो पर्वप्रति अपनत्त्व बढाउन आफ्नै चेली सीताको सन्दर्भ पर्व विशेषका लागि जोडिएको बताइन्छ ।

काठमाडौं उपत्यकामा पूर्णिमामा मनाइए पनि तराईमा भने होलिका दहन गरेपछि भोलिपल्ट मनाउने चलन छ। पर्वका लागि भोजनमा मासुको प्रयोग आमरूपमा हुने भएकाले खसीबोका र कुखुरासँगै शाकाहारीले मिष्ठान्न परिकार बनाएर खाने गर्छन् । होली आपसी प्रेम दर्शाउने रमाइलो पर्व भए पनि केही वर्षयता पर्वका नाममा उच्छृङ्खलता र विकृति बढेकोतर्फ भने पाका पुस्ता चिन्ता व्यक्त गर्छ। अमर्यादित ढंगले रंङका नाउँमा कालो पोतो दल्ने, अनिच्छुकलाई जबर्जस्ती रङ छ्याप्ने र मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने बढ्दो विकृतिलाई भने तत्काल नियन्त्रण गर्ने स्थानीय प्रशासनले जनाउँदै आएको छ ।

तस्बिरहरू : सामाजिक संजालबाट

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes