नेपालले जिम्बाबेविरुद्ध आइतबार प्रतिस्पर्धा गर्दै - Pahilo Online

नेपालले जिम्बाबेविरुद्ध आइतबार प्रतिस्पर्धा गर्दै

के भन्छन् सन्दिप लामिछाने ?

writer

एजेन्सी : विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपाल र आयोजक जिम्बाबेबीच आइतबार खेल हुँदैछ । जिम्बाबेसँगको खेलको विषयलाई लिएर नेपालका लागि चर्चित खेलाडी सन्दिप लामिछानेले टिमलाई सफलतामा लाने प्रयास गरिरहेको बताएका छन् ।

‘नेपालमा सबैले हाम्रो सफलताको लागि प्रार्थना गरिरहेका छन्’ विश्वकप छनोट खेल्न जिम्बाब्वेमा रहेका सन्दिपले भने, ‘हामीले वल्र्डकपमा स्थान बनाउन कठिन छ, किनकी दुई टिमले मात्रै यो अवसर पाउनेछन् । तर, हामी हरेक दिन कठिन मिहिनेत गरिरहेका छौं । विश्व कप क्रिकेट खेल्नु हाम्रो सपना हो र यो पूरा हुने आशा छ ।’

विश्वकप छनोटठमा स्थान बनाउनु नेपालका लागि ठूलो उपलब्धि भएको उनले बताए । साथै अभ्यास खेलमा यूएईविरुद्धको जीतले नेपालको हौसला बुलन्द भएको पनि उनको भनाइ छ । समूह बीमा रहेको नेपालले अफगानिस्तान र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

नामिबियामा भएको वल्र्ड क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा म्यान अफ द टुर्नामेन्ट हुनुअघि सन्दिपले इन्डियन क्रिकेट लिगमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेर क्रिकेट जगतको ध्यानाकर्षण गरेका थिए । डिभिजन टूमा उनले सर्वाधिक १७ विकेट लिएका थिए । उनले आफूले लामो बाटो तय गर्नुपर्ने भएकोले आफूलाई सरल र शान्त राख्दै खेल प्रदर्शन गर्न चाहेको बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes