श्रीमतिको हत्या गर्ने पक्राउ - Pahilo Online

श्रीमतिको हत्या गर्ने पक्राउ

writer

पहिलो अनलाइन

पथरी, १३ फागुन। मोरङको पथरी शनिश्चरेमा श्रीमतीको हत्या गरेर फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पथरीशनिश्चरे नगरपालिका–९ का ३० वर्षीया तुलसा लिम्बूको हत्या गरी फरार भएका उनकै श्रीमान ३३ वर्षीय चन्द्रबहादुर नाल्बो लिम्बूलाई इलाका प्रहरी कार्यालय पथरीले बेलबारी–११ लक्ष्मीमार्गबाट पक्राउ गरेको हो ।

मदिराको नशामा चन्द्रबहादुरले आफ्नै श्रीमतीको गरधन, अनुहार र शरिरको विभिन्न भागमा खुकुरी प्रहार गरी माघ २७ गते हत्या गरेका थिए । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख विजयी श्रेष्ठका अनुसार अभियुक्तलाई उनकै साथीको घरबाट प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त विरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा अत्याधिक मदिरा सेवन गरी धारिलो हतियार प्रयोग गरेर श्रीमतीको उनले नै हत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes