श्रममैत्री नीति विषयमा छलफल - Pahilo Online

श्रममैत्री नीति विषयमा छलफल

writer

पहिलो अनलाइन

विराटनगर, १३ फागुन । श्रम नीति र पालना गर्ने विषयमा विराटनगरमा आइतबार छलफल भएको छ ।  छलफलमा ग्लोबल फेयरनेस इनिसिएटिभका राष्ट्रिय निर्देशक होमराज आचार्यले छलफलमा श्रममैत्री उद्योग तथा उद्योगमैत्री नीति हुनुपर्नेमा जोड दिनुभयो ।

नीति, नियम तथा कानुन पालना गरी उत्पादन गर्ने उद्योगहरूको उत्पादनको बजार प्रवद्र्धन र उद्योगीहरूलाई प्रोत्साहित गर्ने नीति निर्र्माण गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । इनिसिएटिभले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवाल, धनपालथान गाउँपालिकाका उपाध्यक्ष नसिमा बानु, मोरङ व्यापार संघका अध्यक्ष्य पवन सारडासमेतसँग छलफल गरेको थियो ।

श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नका लागि नयाँ जोश, जाँगर र सोंचका साथ स्थानीय एवं प्रादेशिक सरकारले जनमुखी नीति तर्जुमा गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो । सीप सिकाई र सेवा सिकाईलाई माध्यमिक शिक्षामार्फत युवावर्ग माझ विकास गर्न सके श्रमसम्बन्धी समस्याहरू धेरै हदसम्म समाधान हुन सक्नेबारेमा छलफल भएको थियो । ग्लोबल फेयरनेश इनिसिएटिभको आर्थिक तथा प्राविधिक सहयोगमा बेटर ब्रिक–नेपाल परियोजना अन्तर्गत छलफल भएको हो ।

परियोजना मोरङ जिल्लाको हकमा एकीकृत हातेमालो समाजमार्फत आनन्द इँटा उद्योग, धनपालथान गाउँपालिका र रंगेली नगरपालिकामा सञ्चालन भइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes