बार्षिलोनाको गोल वर्षा, स्वारेजको ह्याट्रिक - Pahilo Online

बार्षिलोनाको गोल वर्षा, स्वारेजको ह्याट्रिक

जिरोना १ का विरुद्ध ६ गोलले पराजित

writer

पहिलो अनलाइन

एजेन्सी, १३ फागुन । लुइस स्वारेजको ह्याट्रिकसँगै वार्षिलोनाले जिरोनालाई १ का विरुद्ध ६ गोलले पराजित गरेको छ ।
पेनिस ला लिगामा बार्सिलोनाको जितमा लुइस स्वारेज एक्लैले ३ गोल गरे भने टिमका लागि लियोनल मेस्सीले दुई र फिलिप कोन्टिन्होले एक गोल थप गरे । यससँगै जिरोना १ का विरुद्ध ६ गोलको लज्जास्पद हार व्यहोर्न बाध्य भयो ।
खेलमा अग्रता भने जिरोनाले लिएको थियो । जिरोनाका लागि तेस्रो मिनेटमै मनजनेराले गोल गरेका थिए । तर त्यसको दुई मिनेटपछि नै स्वारेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि पहिलो हाफमै नतिजा ४–१ को अवस्थामा भयो । मेस्सीले ३० र ३६ मिनेटमा दुई गोल गरे भने स्वारेजले ४४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
दोस्रो हाफ सुरु भएपछि ६६ औं मिनेमा कोन्टिन्होले र ७६ औं मिनेटमा स्वारेजले हृयाट्रिक पूरा गरे । त्यसपछि थप गोल हुन सकेन ।
यो सिजनको ला लिगामा २२ गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा र २० गोल गरेका स्वारेज दोस्रो नम्बरमा छन् ।
यसैबीच अर्को खेलमा रियल मड्रिडले घरेलु मैदानमा अलाभेजलाई ४–० ले हराएको छ । रियल मड्रिडलाई जिताउन क्रिस्टियानो रोनाल्डोले २ तथा ग्यारेथ बेल र करिम बेन्जिमाले १–१ गोल गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes