शिल्पासँगै मोफसलतिर लागे छवि - Pahilo Online

शिल्पासँगै मोफसलतिर लागे छवि

writer

पहिलो अनलाइन

विराटनगर,  १३ फागुन । अभिनेत्री शिल्पा पोखरेल अहिले देश दौडाहामा छिन् । आफूले बनाएको चलचित्र ‘मंगलम्’ को प्रचार प्रसारका लागि उनी अन्य टिम सहित देश दौडाहामा निस्किएकी हुन् ।
उनीसँगै देश दौडाहाको टोलीमा निर्माता छविराज ओझा, निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायत सहभागी रहेका छन् ।
युनिट धरानबाट इटहरी, दमक, बिर्तामोड, चितवन, हेटौँडा हुँदै पोखरा पुग्ने छ । नवल नेपाल निर्देशित चलचित्रले पारिवारिक प्रेम कथालाई बिषय बनाएको छ । चलचित्रको प्रचार सर्वसाधारण माझ पुगे नपुगेको बुझ्न र प्रचार नपुगेको स्थानमा प्रचार गर्न आफुहरु मोफसलको टुरमा निस्किएको निर्देशक नवलले बताए ।
निर्माता छविराज ओझाको शरणमा रेहकी शिल्पाले उनकै साथले चलचित्र निर्माण गरेकी हुन् । २५ फागुनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा शिल्पाको अलवा पुष्प खड्का, पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा लगायतको मुख्य भूमिका रहेको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह समेत चलचित्रमा देखिने छिन् ।
‘मंगलम’मा विष्णु घिमिरेको छायांकन, दीपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ । चलचित्रको निर्माता दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes