सिरियाको पूर्वी गुटामा एक सातामा ५०० बढीको मृत्यु - Pahilo Online

सिरियाको पूर्वी गुटामा एक सातामा ५०० बढीको मृत्यु

writer

पहिलो अनलाइन

एजेन्सी :  सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा विगत एक साताको अवधिमा पाँच सय जना भन्दा बढीको ज्यान गएको अनुगमनकर्ताहरूले बताएका छन् ।
मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको उनीहरुको भनाइ छ । बमबारी जारी रहेकोले क्षतिको विवरण संकलन गर्न कठिन भइरहेको उद्धारकर्ताहरूले बताएका छन् ।
ब्रिटेनस्थित सिरिन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार पूर्वी गुटा क्षेत्रमा विगत एक साताको अवधिमा मारिएकाहरू मध्ये १२१ जना बालबालिका रहेका छन् ।
त्यहाँ रुसी समर्थन प्राप्त सिरियाली सरकारी सैन्यले विद्रोहीहरूमाथि आक्रमण गरिरहेका छन् । उद्धारकर्ताहरू भन्छन् बमबारी नरोकिएकोले आक्रमणमा ज्यान गुमाउनेहरूको सही तरिकाले गणना समेत गर्न सकिएको छैन ।
राष्ट्रसंघीय सुरक्षा परिषदमा पूर्वी गुटा क्षेत्रमा युद्ध विराम गर्ने प्रस्तावमा मतदान हुँदैछ । त्यसअघि त्यो प्रस्तावका शब्दावलीलाई लिएर सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुबीच विवाद भएको थियो ।
पूर्वी गुटामा सामान आपूर्ति गर्न र मानिसहरूलाई अन्यत्र सार्न ३० दिनसम्म आक्रमणहरू रोक्ने प्रस्तावको मस्यौदामा रुसले केही हेरफेर गर्न चाहेको थियो । तर पश्चिमा कूटनीतिज्ञहरूले सिरियालाई आक्रमणहरू जारी राख्न थप समय दिन खोजे जस्तो देखिने रुसी रबैयाको आलोचना गरेका थिए ।
अमेरिका ब्रिटेन र फ्रान्सले युद्ध विराम प्रस्ताव पारित गर्न थप ढिलाइ हुन नहुने मत राखिरहेका छन् । कुवेत र स्विडेनले अघि सारेको त्यो प्रस्ताव पारित भएको ७२ घन्टाभित्र सिरियाभर युद्ध विराम लागु गर्दै स्वास्थ्य सेवा तथा सहायता सामाग्री पठाउन थालिने भनिएको छ । मस्यौदामा १२ सय ४४ समुदायका ५६ लाख मानिस सहायताको पर्खाइमा रहेको उल्लेख गरिएको छ ।
बिबिसी

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes