ट्रम्पपुत्री दक्षिण कोरियामा - Pahilo Online

ट्रम्पपुत्री दक्षिण कोरियामा

writer

पहिलो अनलाइन

 सोल — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभांका ट्रम्प दक्षिण कोरियामा जारी हिउँदे ओलम्पिकको समापन समारोहमा सहभागी हुन शुक्रबार सोल पुगेकी छन् । उनी ओलम्पिक समापन समारोहमा उपस्थित हुने अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोल पुगेकी हुन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार उनलाईआफ्ना पिता ट्रम्प र ओलम्पिक कमिटीले सहभागी हुन आग्रह गरेको अमेरिकी राष्ट्रपति कार्यालयह्वाइटहाउसले जनाएको छ । ५ सदस्यीय टोलीमा ह्वाइटहाउसका प्रेस सचिव सराह स्यान्डर्स पनि छन् ।

‘हिउँदे ओलम्पिकको समापन समारोहमा सहभागी हुने अमेरिकी टोलीको नेतृत्व गर्न पाउँदा मैले आफूलाई सम्मानित महसुस गरेकी छु,’ इभांकाले भनिन्, ‘हामीले ओलम्पिकमा अमेरिकी खेल टोलीलाई बधाई दिँदै प्राप्त भएको सफलतालाई उत्सवका रूपमा मनाउनेछौं ।’ ट्रम्पपुत्री इभांकाले दक्षिण कोरियमा राष्ट्रपति मुन जाय–इनसँग शुक्रबार साँझ रात्रिभोजमा समेत सरिक भएकी थिइन् । यसअघि बिहीबार उत्तर कोरियाले आफ्ना वरिष्ठ अधिकारीलाई ओलम्पिक समापन समारोहमा सहभागी हुन पठाउने जनाएको थियो । यद्यपि, दक्षिण कोरियाली उच्च अधिकारीले उत्तर कोरिया र अमेरिकाबीच कुनै औपचारिक बैठकको कार्यक्रम तय नभएको जनाएका छन् । उत्तर कोरियाले समापन समारोहमा आफ्ना गुप्तचर प्रमुख जेनरल मिम योङ चोललाई पठाउने निर्णय गरेपछि दक्षिण कोरियाली सरकारले उसको प्रशंसा गरेको छ । उसले मिमको नयाँ अवसरको सिर्जना भएको उल्लेख गर्दै भ्रमणले कोरियाली द्वीपमा शान्ति स्थापन गर्न भएका प्रयास सफल हुने विश्वास व्यक्त गरेको छ ।

मिमलाई दक्षिण कोरियाविरुद्ध कैयौं आक्रमण गराएको आरोप लाग्ने गरेको छ । उत्तर कोरियाका वरिष्ठ अधिकारीको सहभागितालाई दोस्रो चरणको ओलम्पिक्स कूटनीति भनिएको छ । ओलम्पिकको उद्घाटन समारोहमा भने उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो–जोङ सहभागी भएकी थिइन् ।

BBC

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes