हत्या गरेकाे अभियाेगमा २ पक्राउ - Pahilo Online

हत्या गरेकाे अभियाेगमा २ पक्राउ

writer

पहिलो अनलाइन

बीबीसी

केरला — भारतको केरला राज्य स्थित पलक्कड जिल्लामा एक आदिवासी युवाको हत्या गरेको अभियागमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

हत्या गर्नुअघि सामाजिक सञ्जालमा सेल्फी खिचेर पोष्ट गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले घटनामा संलग्न अन्यको खोजी कार्य जारी राखेको छ।

मधु नाम गरेका ती व्यक्तिलाई गत बिहीबार स्थानीयले चोरीको आरोपमा बाँधेर मरणासन्न हुने गरी कुटपिट गरेका थिए। उपचारका लागि अस्पतालमा लैजाने क्रममा ती युवाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा पोष्ट गरिएको उक्त सेल्फीको फोटो र भिडियो भारतभरी भाइरल भएको थियो।
सो घटनालाई लिएर केरेलाका चर्चित कलाकार म्यामोटिले निन्दा गरेका छन्। उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘मधुको मृत्युको हाम्रो शासन प्रणाली जिम्मेवार छ। एउटा नियम जसले मानिसलाई बाँधेर मार्ने फैसला गर्छ,एउटा व्यक्ति जसले अर्को व्यक्तिलाई मार्छ ऊ मानव हुन सक्दैन। अनि कसरी हामी हामीलाई नै आधुनिक र प्रगतिशिल घोषणा गर्छौँ। ’
राज्यका मुख्यमन्त्री पिनारयी भिजेयानले घटनामा संलग्न हुनेलाई कडा कारवाही हुने बताएका छन्।
आदिवासी अभियन्ता धन्य रमनले बीबीसीलाई यस्तो अवस्थामा सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्नु झन् खराब भएको बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes