डेस्टिनेशन चैत्र २ बाट प्रदर्शनमा आउने - Pahilo Online

डेस्टिनेशन चैत्र २ बाट प्रदर्शनमा आउने

दीपक रायमाझीको अन्तिम चलचित्र

writer

पहिलो अनलाइन

विराटनगर, १२ फागुन । चलचित्र ‘डेस्टिनेशन काठमाडौं’ आगामी चैत्र २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ। दीपक रायमाझीद्वारा निर्दे्शित यो चलचित्र उनको मृत्यु भएको झण्डै ७ वर्षपछि प्रदर्शनमा आउन लागेको हो।

नेपाललाई पर्यटकीय हव बनाउने मुख्य उद्देश्यका साथ निर्माण गरिएको यो चलचित्रलाई स्वं निर्देशक रायमाझीले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ बताउँदै आएका थिए।चलचित्रको छायांकनकै क्रममा रायमाझीको असामयीक निधन भएपछि यसको बाँकी काम अर्का निर्देशक मधुसुदन भट्टराईले पूरा गरेका हुन्।

शरद अधिकारीले निर्माण गरेको चलचित्रमा दीलिप रायमाझी, झरना थापा, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटा, बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिशा लामिछानेका साथमा अष्ट्रेलियन अभिनेत्री सहारा मावबेको पनि अभिनय देख्न सकिन्छ।

चलचित्रमा राजु थापा र सौरभ लामाको छायांकन निखिल विश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको संगीत, हिमाल केसीको द्वन्द्व, शिवम् अधिकारीको पटकतथा तथा संवाद र राजु शाह कमल राईको नृत्य रहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes