धरानमा मिसेस प्रदेश प्रतियोगिताको तयारी - Pahilo Online

धरानमा मिसेस प्रदेश प्रतियोगिताको तयारी

writer

पहिलो अनलाइन

धरान, १२ फागुन ।  विवाहित महिलाहरुले मात्र प्रतिष्पर्धा गर्न पाइने मिसेस प्रदेश नामक सौन्दर्य प्रतियोगिताको वन्द प्रशिक्षण सुरु भएको छ । अडिसन प्रक्रिया वाट छनौट भएका प्रदेश १ भरिका ३५ जना विवाहित महिलाहरुलाई आयोजक वुमन वर्थ ग्रुपले वन्द प्रशिक्षण दिइरहेको ग्रुपका सदस्य तथा कार्यक्रमका व्यवस्थापन संयोजक सुजता श्रेष्ठले जानकारी गराईन ।

सहभागिको क्षमता अभिवृद्धिका लागि विभिन्न विषयका विज्ञ तथा जानकारहरुवाट प्रशिक्षण गराइरहेको प्रचार प्रमुख उमा लिम्वु ताम्रकारले जानकारी गराएकी छन् । फागुन ३ गते वाट सुरु भएको प्रशिक्षणमा महिला अधिकार तथा महिला सशत्तिकरणको विषयमा महिला संजाल धरानकी उपाध्यक्ष सविता राई , आत्मरक्षा प्रशिक्षणको विषयमा कराते प्रशिक्षक अषेश मगर लगायतवाट प्रशिक्षण दिईने आयोजकले जनाएको छ ।

सहभागिलाई आगामी फागुन २४ गतेसम्म सकरात्मक सोचाइ अभिवृद्धि, संस्कृती र पहिचान , महिला स्वास्थ्य समस्या तथा समाधान, प्राथामिक उपाचार, उद्घोषण तथा भाषणकला, आधारभुत पत्रकारीता तथा फोटोग्राफि सम्वन्धि विषयमा सम्वन्धित क्षेत्रका विज्ञवाट प्रशिक्षण दिईने आयोजकले जनाएको छ ।

जानकारीमुलक कक्षा, टेवल शिष्टाचार, फिटनेस तालिम, विजनेस टक, पर्यटन पर्वद्धन कक्षा, अर्गानिक कृषि सम्वन्धि जानकारीमुलक भ्रमण, मेकअप तालिम, र्यामवक तथा क्याटवक सेसन र फोटो सेसन लगायत विषयमा तालिम तथा प्रशिक्षण गराइने आयोजकले वताएको छ ।

प्रतियोगिताको ग्राण्ड फिनाले फागुन २६ गते धरान ८ स्थित धरान सभागृहमा हुनेछ । प्रतियोगितामा धरान, इटहरी, दमक, विर्तामोड, धनकुटा, मोरङ्ग, खोटाङ्ग, भोजपुर, ताप्लेजुङ र पाचथर वाट २१ देखि ४५ वर्ष उमेरका महिलाहरुले सहभागिता रहेकोे छ ।

प्रतियोगितामा मिसेस प्रदेश १ उपाधि विजेताले नगद एक लाख रुपैया, क्राउन, ट्रफि र गिफ्ट ह्याम्पर, फस्ट रनरअपले नगद पचास हजार रुपैया र सेकेन्ड रनरअपले नगद २५ हजार रुपैया, क्राउन, ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गर्ने गु्रपका आर्थिक विभाग प्रमुख रोजि ताम्रकारले जानकारी गराएकी छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes