निहारिकालाई भलिबलको उपाधि - Pahilo Online

निहारिकालाई भलिबलको उपाधि

निहारिकालाई भलिबलको उपाधि 2

writer

विराटनगर, ९ फागुन । १ नम्बर प्रदेश स्तरीय अन्तर कलेज भलिबल प्रतियोगिताको उपाधि विराटनगरमा रहेको निहारिका कलेजले जितेको छ ।
मोरङको सुन्दरहरैचामा बुधबार सम्पन्न भएको फाइनल खेलमा सुनसरीको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसलाई २५–१९, २५–२२ र २५–१९ सोझो सेटले पराजित गरी निहारिका कलेजले उपाधि जितेको हो ।
जितसँगै निहारिका कलेजले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी हात पारेको छ । उपबिजेता बनेकोे धरान बहुमुखी क्याम्पसले ३३ हजार ३ सय रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताका म्यान अफ दि टुनामेन्र्ट निहारिका कलेजका सन्तोष तामाङ घोषित भए ।
प्रतियोगिताको आयोजना स्वतन्त्र विद्यार्थी यूनियन सुकुना बहुमुखी क्याम्पसले गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes