फुटबल प्रतियोगिताको तयारी - Pahilo Online

फुटबल प्रतियोगिताको तयारी

writer

पहिलो अनलाइन

विराटनगर, ९ फागुन । मोरङको सुन्दरहरँैचा नगरपालिकामा ‘प्रथम सुन्दरहरैचा गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।
एकता यूवा क्लब सुन्दरहरैंचा मोरङको आयोजनामा फागुन १२ देखि १९ गतेसम्म सुन्दरहरैचा – ९ मा रहेको प्रस्तावित इन्द्रपुर रंगशालामा प्रतियोगिता हुने भएको हो ।
आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको प्रतियोगिता मुल समारोह समितिको अध्यक्ष केशव अधिकारीले प्रतियोगिता पहिलो पटक हुन लागेको बताउँदै प्रतियोगिता भव्य र सभ्य बनाउने तयारी थालिएको बताउनुभयो । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ ।
गोल्डकपमा एफसी सयपत्री, यासोक पाँचथर, एपिएफ झापा, १ नम्बर प्रदेश प्रहरी टिम रानी विराटनगर, एलेभेन एरोज सुनसरी, गाईघाट एफसी उदयपुर, काँकडभिट्टा टे«निङ सेन्टर, आयोजक एकता युवा क्लब मोरङ र द सेभेज युथ क्लब धनकुटाको सहभागिता हुनेछ । गोल्डकपको बिजेताले १ लाख ५१ हजार १ सय ११ तथा ट्रफि प्राप्त गर्नेछन् भने उपबिजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको हाइस्कोरर, सर्वोउत्कृष्ट, बेस्ट मेड फिल्डर, बेस्ट डिफेन्टर, उदयमान खेलाडी तथा बेस्ट गोल किपर र दैनिक म्यान अफ द म्याच हुने खेलाडीहरुलाई नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ । प्रतियोगिताको उद्घाटन खेल शनिबार एफसी सयपत्री यासोक पाँचथर र एपीएफ दमक झापाबीच हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । खेल हेर्न आउने दर्शकको लागि सेमिफाइनल र फाइनलमा एक सय रुपैयाँ र अन्य खेलमा ५० रुपैयाँ टिकटदर राखिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes