रेडपाण्डा संरक्षणमा लाखौं खर्च - Pahilo Online

रेडपाण्डा संरक्षणमा लाखौं खर्च

writer

पहिलो अनलाइन

ताप्लेजुङ, ९ फागुन। दुर्लभ एवं लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) को संरक्षणका लागि ताप्लेजुङमा सन् २०१८ मा ६८ लाख रुपैयाँ खर्च गरिने भएको छ ।
यस जिल्लामा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले ६८ लाख ४६ हजार रुपैयाँ बजेट छुट्याएको हो ।
नेपालको २३ जिल्लामा पाइने रेडपाण्डाको संरक्षण गर्न संस्थाले सन् २०१६ देखि काम गरिरहेको छ । सो रकम अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, बासस्थानको व्यवस्थापन र दिगो जीविकोपार्जनका विषयमा खर्च गरिने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो ।
मञ्चले गत वर्ष पनि ४३ लाख ८४ हजार रुपैयाँ रेडपाण्डा संरक्षणमा खर्च गरेको थियो । यसअन्तर्गत ताप्लेजुङ जिल्लामा रेडपाण्डाको वासस्थान एक हजार ५९ वर्ग किलोमिटरमा रहेको पहिचान भएको थियो । त्यस्तै वातावरण संरक्षण शिक्षा स्थानीय पाठ्यपुस्तक अध्यापन, वासस्थान पुनःस्थापना गर्न पोखरी निर्माण, नर्सरी निर्माण, वन डढेलो व्यवस्थापन तालीम तथा उपकरण वितरण, कुकुर बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोपलगायतका कार्यक्रम गरिएको पनि राईले जानकारी दिनुभयो ।
सन् २०१८ मा भने क्यामेरा ट्रयापिङ सर्वे, छवटा गाउँपालिका र एक नगरपालिकाका जनप्रतिनिधिसँग पूर्वी नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजना विषयक छलफल कार्यक्रम गर्ने कार्यक्रम छ । यस्तै पशुपालकलाई सुधारिएको गोठ तथा घुम्ती प्रणाली चरिचरणबारे तालिम, अल्लो प्रशोधन तथा बुनाइ तालिम, सुधारिएको गोठ स्थापनालगायतका काम गर्ने कार्यतालिका तय गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes