इटहरीमा क्रिकेट प्रतियोगिता - Pahilo Online

इटहरीमा क्रिकेट प्रतियोगिता

writer

पहिलो अनलाइन

इटहरी, ९ फागुन । नेपालय इन्टरनेशनल काठमाडौँको आयोजनामा फागुन १३ देखि २० गतेसम्म सुनसरीको इटहरीमा प्रदेश नं १ को एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
स्थानीय कार्यक्रम संयोजक एवं क्रिकेट प्रशिक्षक सिपी पौडेलले बुधबार पत्रकार सम्मेलन गरेर एक्सपर्ट कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिताका विषयमा जानकारी दिनुभएको हो ।
प्रतियोगिता क्रिकेटका लागि उच्च दक्ष जनशक्ति उत्पादनका लागि गर्न लागिएको आयोजकको भनाइ छ । देशका ठूला १२ वटा शहरमा सञ्चालन हुने प्रतियोगिताअन्तर्गत प्रदेश नं. को इटहरीमा कस्तुरी, कोशी, सेन्टजेम्स, सुषमा विश्व आदर्श, जनता कलेजलगायत १० वटा कलेजको सहभागिता रहने छ । प्रतियोगिताका लागि २ लाख ५० हजार रुपैयाँ खर्च हुनेछ ।
प्रतियोगिताको विजेता टिमलाई काठमाडाँैमा हुने राष्ट्रिय प्रतियोगितामा समावेश गरिनेछ । काठमाडौँमा हुने प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिमलाई बंगलादेश वा श्रीलंकाको भ्रमण गराई अभ्यास खेलको अवसरसमेत उपलब्ध गराउने योजना रहेको आयोजकले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes