स्वयंसेविकालाई साइकल - Pahilo Online

स्वयंसेविकालाई साइकल

writer

पहिलो अनलाइन

विर्तामोड, ९ फागुन । टोलटोलमा पैदल पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका झापाका महिला स्वास्थ्य–स्वयंसेविका साइकल पाएपछि दंग परेका छन् ।
झापाको सदरमुकाम रहेका भद्रपुर नगरपालिका कार्यालयले ग्रामीण भेगका १२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको हो ।
वडा नम्बर १ र २ को संयुक्त वडा कार्यालयमा कार्यक्रम आयोजित गरी नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष दशरथ प्रधान र २ का अध्यक्ष भीम सुब्बाले साइकल हस्तान्तरण गर्नुभयो । नगरपालिकाको ग्रामीण क्षेत्रको टोलटोलमा स्वास्थ्यसम्बन्धी काम छिटोछरितो र सहज रुपमा पु¥याउने उद्देश्यले स्वयंसेविकालाई साइकल उपल्बध गराइएको हो ।
नगरपालिकाले पहिलो चरणमा वडा नम्बर १, २ र ३ (साविक पृथ्वीनगर गाविस)मा कार्यरत स्वयंसेविकालाई साइकल उपलब्ध गराएको हो । टोलटोलमा हिँडरै पुग्दा समस्या भइरहेका बेला नरपालिकाले साइकल उपलब्ध गराएपछि खुशी लागेको स्वास्थ्य स्वयंसेवी संघकी नगर अध्यक्ष सीता आचार्यले बताउनुभयो ।
भौगोलिक दृष्टिकोणले यी वडाहरू ठूला भएकाले पैदल काम गर्न स्वयंसेविकालाई समस्या भइरहेको बेला साइकल उपलब्ध गराएपछि उनीहरुलाई सहज भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes