विराटनगरमा नाटक उत्सव - Pahilo Online

विराटनगरमा नाटक उत्सव

writer

पहिलो अनलाइन

विराटनगर, ९ फागुन । विद्यार्थीहरूलाई नाट्य विधाबारे प्रयोगात्मक ज्ञान दिने उद्देश्यले मोरङ जिल्ला स्तरीय अन्तरविद्यालय नाटक प्रतियोगिता तथा उत्सव आयोजना गरिने भएको छ ।
आगामी जेठ ४ गतेदेखि विराटनगरमा आयोजना हुने वाइवाई नाटक उत्सव १० दिनसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष सुवलमणी सापकोटाले जानकारी दिनुभयो ।
सुमेरु कला सरोवर ललितपुरको आयोजनामा हुने प्रतियोगितामा सहभागि गराउन विभिन्न विद्यालयका विद्यार्थीहरूलाई मङ्गलबारदेखि विराटनगरमा प्रारम्भीक प्रशिक्षण सुरु गरिएको छ । विराटनगरको पुष्पलाल चोक स्थित एकीकृत घिमिरे कल्याण भवनको हलमा सुरु भएको प्रशिक्षणमा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरूले भाग लिएका छन् ।
कार्यक्रमको उद्घाटन राष्ट्रियसभा सदस्य खेम नेपाली, कलाकार भरत गुरागाई, परास थापा, प्रेमलाल सिंह सुवाललगायतले गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणको सहजीकरण शिल्पी थियटर काठमाडौंका सविन कट्टेलले गरिरहेका छन् ।
मोरङलाई विभिन्न ६ वटा व्लकमा विभाजन गरी हरेक स्थानमा तीन÷तीन दिन प्रशिक्षण दिइने आयोजक संस्थाले जानकारी दिएको छ । विराटनगरको पुष्पलाल चोकमा फागुन ८ गतेदेखि प्रशिक्षण सुरु भइसकेको छ भने मिल्स एरिया क्षेत्रका विद्यार्थीहरूलाई पनि फागुन ११ देखि १३ गतेसम्म प्रशिक्षण दिइने छ ।
यस्तै मोरङको सुन्दरहरैंचा, वेलवारी क्षेत्रका विद्यार्थीलाई फागुन २० देखि २२ गतेसम्म, पथरी, उर्लावारी क्षेत्रका विद्यार्थीलाई फागुन २३ देखि २५ सम्म र रंगेलीमा २८ देखि ३० गतेसम्म प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । पहिलो चरणको प्रशिक्षण पछि नाटकमा रुची भएका विद्यार्थीहरू दोस्रो चरणको प्रशिक्षणमा सहभागी हुनेछन् ।
दोस्रो चरणको प्रशिक्षण चैत र वैशाख महिनाभर आयोजना गरीले सापकोटाले जानकारी दिनुभयो । दोस्रो चरणको प्रशिक्षणमा सहभागि विद्यार्थीहरूले विद्यालय स्तरमा नाटक निर्माण गरी जेठ ४ गतेदेखि आयोजना हुने प्रतियोगितामा विद्यालय स्तरबाट सहभागी हुनेछन् ।
सहभागीहरुमध्ये उत्कृष्ट १० मा पर्ने विद्यार्थीहरूलाई विधागत रुपमा पुरस्कार तथा ट्रफि प्रदान गरिनेछ । यस्तै १० जना विद्यार्थीलाई ५ हजार रुपैया“का दरले छात्रबृत्ती प्रदान गरिने आयोजक सुमेरुकला सरोबरले जानकारी दिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes