चियाको बजार खोज्न आवश्यक - Pahilo Online

चियाको बजार खोज्न आवश्यक

writer

पहिलो अनलाइन

इलाम, ९ फागुन । पूर्वी पहाडको नगदे बाली चियाको व्यापार बढाउन बजारीकरणमा ध्यान दिनुपर्ने सुझाव सरोकारवालले दिएका छन् ।
इलामबाट निर्वाचित प्रदेशसभा सांसद राम रानाले चियामा पूूर्ण रुपमा विषादी प्रयोग नहटेको र कामदारलाई सुरक्षित वातावरण सिर्जना गर्न नसकिएकोले बजार लिन नसकेको बताउनुभयो ।
जबसम्म वैकल्पिक मल पाइन्न तबसम्म पूर्ण प्राङ्गारिक चिया उत्पादन गर्न सफल नहुने सांसद रानाको भनाइ छ । अन्तराष्ट्रिय बजारका लागि उत्पादन क्षमतामा वृद्धि र गुणस्तरीय चिया उत्पादन गर्न जरुरी भएको उहाँले बताउनुभयो ।
‘चिया क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा’ सम्बन्धमा आयोजित कार्यक्रममा सांसद रानाले सो कुरा बताउनुभएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes