बाढीपीडितलाई घर हस्तान्तरण - Pahilo Online

बाढीपीडितलाई घर हस्तान्तरण

writer

पहिलो अनलाइन

सप्तरी, ९ फागुन । बाढीबाट घरवारविहीन भएका सप्तरीको तिरहुत गाउँपालिकाका १८ जना बाढीपीडित असहाय परिवारलाई एक संस्थाले नयाँ घर हस्तान्तरण गरेको छ ।
सर्वोदय नेपाल नामक संस्थाको पहलमा धर्म शान्ति नेपाल तथा एशियन कन्फ्रेन्स अफ रिलिजन फर पिसले सो नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको हो ।
जिल्लाको तिरहुत गाउँपालिकाका वडा नम्बर १, २ र ५ साविकको मैनाकडेरीका दलित तथा विपन्न परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरेको हो । एउटा घर बनाउन करिब १ लाख ८६ हजार रुपैयाँ खर्चेको धर्मोदय नेपालका अध्यक्ष काशीनाथ जोशीले बताउनुभयो ।
गत साउनमा आएको भिषण बाढीबाट सो गाउँपालिकाको वडा नं १, २ र ५ का १८ परिवारको पूर्णरुपमा घरमा क्षति भई घरविहीन भएका थिए । तिरहुत गाउँपालिकाका डम्वर राम, इन्द्रदेव पण्डित, इन्द्रावती पण्डित, जीवछ मलाह, सरस्वतीदेवी रामलगायत १८ परिवारको गत साउनमा आएको बाढीबाट उठिवाससमेत भएको थियो ।
स्थानीय सर्वोदय नेपाल नामक संस्थाको पहलमा धर्म शान्ति नेपाल (आरएफपी) तथा एशियन कन्फ्रेन्स अफ रिलिजन फर पिस (एसआरपी)ले एक महिनाको समय लगाएर नयाँ घर बनाएको हो । सिमेण्ट प्लास्टर भएको बराण्डा, काठ, बाँस र टिनको छानाबाट निर्माण गरिएको घर २० फिट लम्बाइ र १८ फिट चौडाइ रहेको छ ।
सहयोगी संस्थाका प्रमुख मासामिची कामियाँ, दिपीका सिंह, लोकमान्य गोल्छा तथा दिपिका सिंहले नयाँ घरको साँचो मैनाकडेरीका दलित तथा विपन्न परिवारलाई हस्तान्तरण गरेका थिए ।

मन्त्रालयमा कर्मचारी अभाव
कर्मचारीको अटेरले समस्या
विराटनगर, ९ फागुन । १ नम्बर प्रदेशका मन्त्रालयमा खटाइएका कर्मचारी अझै काममा आउन अटेरी गरिरहेका छन् । अराए खटाएको काममा नजानु दण्डहिनता भएको उच्चस्तरकै कर्मचारी बताउँछन् ।
संघीयताको तयारी गरिरहँदा आवश्यक भौतिक संरचनाको निर्माण समयमै नहुनु, यो व्यवस्थालाई सहयोग गर्ने विषयमा कर्मचारी आफैं अनुदार रहनु नै कर्मचारी फिल्डमा आउनु देखिएको उनीहरु बताउँछन् । त्यसअनुसारको कर्मचारी समायोजन कानून निर्माण पनि अझै भएको छैन । कानूनको अभावमा काठमाडौंमा ढलीमली गरेका कर्मचारी यहाँको समस्यामा जुध्न नचाहेको कतिपयको भनाइ छ ।
प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले निर्वाचन अघि आवश्यक तयारी नभएको कारण समस्या भएको बताउनुभयो । ‘मेरो मन्त्रालयमा ३० जना कर्मचारी खटाएको हो, तर अहिलेसम्म ६ ।७ जनाले चलाउनु परेको छ,’ घिमिरेले भने, ‘सबै संरचनाहरु चुनाव अगाडि नै बनाउनु पथ्र्यो, नबनाएको कारण अहिलेको त्रुटि भयो ।’ चुनाव सम्पन्न भएपछि पनि धेरै अलमल भएका कारण केही असजिलो भएको घिमिरेको भनाइ छ ।
प्रदेशको मुख्यसचिव यादव कोइरालाले दिएको जानकारी अनुसार अहिलेसम्ममा १५ प्रतिशत मात्रै कर्मचारी हाजिरी गर्न आइपुगेका छन् । ‘सामान्य प्रशासन मन्त्रालयले प्रदेश नं १ मा कूल आवश्य कर्मचारीमध्ये ६० प्रतिशत कर्मचारी पठाइसकिएको बताएको छ’, कोइरालाले भने, ‘कूल कर्मचारी मध्ये १ सय १५ कर्मचारी कार्यस्थलमा हुनपर्ने हो तर त्यसको आधा २८ कर्मचारी मात्र कार्यस्थलमा पुगेका छन् ।’
प्रमुख सचिव यादवराज कोइरालाले विभिन्न बाहना गरेर कर्मचारीले अटेरी गरिरहेको बताउनुभयो । ‘किन नआएको भनेर फोन ग¥यो मैले चिठी नै पाएको छैन भन्छ, अर्कोलाई भन्यो खै मलाई त रमानै दिएको छैन भन्छ,’ कोइरालाले भन्नुभयो, ‘रमाना दिने पनि र चिठी लिने पनि छुचो हुन नचाहेको कारण समस्या आइरहेको छ ।’
मुख्यमन्त्रीको कार्यालय र आन्तिरिक मामिला तथा कानुन मन्त्रालयमा मात्र सचिवले आएका छन् । अन्य मन्त्रालयमा सचिवसमेत छैनन् । प्रमुख सचिव कोइरालाले बाँकी मन्त्रालयका लागि कर्मचारी पठाउनका लागि ताकेता गरिरहे पनि उनीहरू कार्यस्थलमा नआएको बताउनुभयो ।
प्रमुख सचिव कोइरालाका अनुसार आन्तिरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञराज खत्री, मुख्य मन्त्रीको कार्यालयमा दुई सचिव मध्ये सन्तोष श्रेष्ठ आएका छन भने अर्का एक सचिव हालसम्म हाजिर भएका छैनन् । मुख्यमन्त्रीको कार्यालयका अनुसार प्रदेश प्रमुखको कार्यालयका सचिव रामकृष्ण गुरागाई, संसद सचिवालयका सचिव केरादप्रसाद पनेरु मात्र हाजिर भएका छन् ।
प्रदेश नं १ मा सात मन्त्रालयका लागि कुल १ सय ९१ कर्मचारीको दरबन्दी कायम छ । मन्त्रालयको दैनिक कार्यसञ्चलनका लागि मूख्य वागडोर समालेका सचिवहरुसमेत कतिपय मन्त्रालयमा हाजिर भएका छैनन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes