अन्तराष्ट्रिय केःलाङ महोत्सव - Pahilo Online

अन्तराष्ट्रिय केःलाङ महोत्सव

writer

पहिलो अनलाइन

पाँचथर, ९ फागुन । पाँचथर सदरमुकाम फिदिममा आइतबारदेखि अन्तराष्ट्रिय केःलाङ च्याब्रुङ नाँच महोत्सव शुरु भएको छ ।
किरात लिम्बू जातिको लोकप्रिय नाँच च्याब्रुङको संरक्षण र विकासका लागि महोत्सवको आयोजना गरिएको हो ।
स्थानीय फिदिम माविको खेलमैदानमा महोत्सव शुरु भएको हो । महोत्सवअन्तर्गत आइतबार भारतको आसाम, सिक्किम र नेपालका विभिन्न जिल्लाबाट आएका च्याब्रुङे टोलीलाई लाम्दाक अर्थात स्वागत गरिएको थियो भने च्याब्रुङ नाचसहित बजार परिक्रमा गरिएको थियो । महोत्सवको मंगलबार औपचारिक उद्घाटन गरिएको मूल समारोह समितिका अध्यक्ष मनकुमार केरुङले बताउनुभयो ।
महोत्सवमा लिम्बू जातिको मौलिक वेशभूषा, परिकार, फोटो र पुस्तकको स्टलसमेत रहेका जनाइएको छ । महोत्सपवमा केःलाङ र केसामबारे कार्यपत्र प्रस्तुति र छलफलसमेत हुने हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes