उपचार केन्द्रलाई जेनेरेटर - Pahilo Online

उपचार केन्द्रलाई जेनेरेटर

writer

पहिलो अनलाइन

उदयपुर, ९ फागुन । प्रजातन्त्र दिवसको अवसरमा उदयपुर स्थित श्री १८ नं. बाहिनी अड्डामा रहेका सामुदायिक सर्पदंश उपचार केन्द्रलाई त्रियुगा नगरपालिकाले जेनेरेटर हस्तान्तरण गरेको छ ।
त्रियुगा नगरपालिका–३ भुल्केमा अवस्थित सामुदायिक सर्पदंश उपचार केन्द्रलाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले ५ केभीको जेनेरेटर हस्तान्तरण गर्नुभएको हो ।
२०७१ सालबाट सामुदायिकमा सञ्चालित सर्पदंश उपचार केन्द्रका अध्यक्ष ज्ञानबहादुर बस्नेत र श्री १८ नं. बाहिनीका बाहिनीपत्ति भरत चन्द्र गुरुङलाई जेनेरेटर प्रदान गरिएको थियो । उपचार केन्द्रको दोस्रो तल्ला भवन निर्माण गर्नको लागि नगरपरिषदबाट १० लाख रुपैयाँ विनियोजन गर्ने प्रतिवद्धतासमेत मेयर चौधरीले जनाउनुभएको छ ।
सर्पदंश उपचार केन्द्र श्री १८ नं. बाहिनी अड्डा व्यारेकको प्राविधिकहरुको सहयोगमा सञ्चालित रहेको छ । अहिलेसम्म करिव १ हजार ४ सय ५० भन्दा बढी सर्पले टोकेको विरामीहरुले उपचार गर्न सफल भएको केन्द्रका अध्यक्ष ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।
उदयपुर, सिरहा, सप्तरी, खोटाङ, ओखलढुंगा लगायतका जिल्लाबाट सर्पले टोकेको विरामीहरु केन्द्रमा आउने गरेको बताए । अध्यक्ष बस्नेतका अनुसार अहिलेसम्म ९९ प्रतिशत सर्पले टोकेको विरामीलाई बचाउन केन्द्र सफल भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes