सिरियामा हवाई हमला, बालबालिकासहित ७७ को मृत्यु - Pahilo Online

सिरियामा हवाई हमला, बालबालिकासहित ७७ को मृत्यु

writer

पहिलो अनलाइन

काठमाडौं, ८ फागुन । सिरियाको राजधानी दमास्कसनजिक सरकारी सेनाले गरेको हवाइ आक्रमणमा ७७ जनाको मृत्यु भएको छ । अरु ३ सय जना घाइते भएका छन् ।

सरकारी सेनाले विद्रोहीलाई मारेको दावी गरे पनि मृत्यु हुनेमा २० जना बालबालिका र धेरै सर्वसाधारण छन् । चार लाखभन्दा बढी व्यक्तिहरुको बसोबास रहेको गुटालाई सन् २०१३ देखि विद्रोहीहरुले नियन्त्रणमा लिएका छन् । यसलाई विद्रोहीबाट मुक्त पार्ने प्रयासमा सरकार लागेको छ ।

सोमबार हवाइ आक्रमण गरेको सिरियाली सेनाले स्थल आक्रमण पनि गर्ने तयारी गरेको छ ।राजधानी दमासकस नजिक गुटा भन्ने स्थानमा हवाइ र रकेट आक्रमण गरिएको हो । सरकारी सेनाले विद्रोहीलाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ । तर मृत्यु हुनेमा धेरैजसो सर्वसाधारण रहेको सिरियन अब्जरभेटरी ह्युमन राइट्सले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes