अन्तराष्ट्रिय कराते प्रतियोगिता - Pahilo Online

अन्तराष्ट्रिय कराते प्रतियोगिता

writer

पहिलो अनलाइन

खोटाङ, ७ फागुन । आगामी वैशाख तेस्रो साता खोटाङमा खोटाङ–हलेसी खुला अन्तराष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण सञ्चालन हुने भएको छ ।
नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा खोटाङ–हलेसी खुला अन्तराष्ट्रिय कराते प्रतियोगिताले निरन्तरता पाउने भएको हो ।
वैशाख २०, २१ र २२ गते दिक्तेलमा जिल्लाको हालसम्मकै ठूलो धनराशिको दोस्रो खोटाङ–हलेसी खुला अन्तराष्ट्रिय कराते प्रतियोगिता गर्न लागिएको हो । करिब ५० लाख रुपैयाँको खर्चमा सम्पन्न हुने अनुमान गरिएको प्रतियोगिताको आवश्यक तयारीका लागि आयोजक सितोरियो कराते संघले सबैसँग समन्वय गरिरहेको छ ।
प्रतियोगिता सञ्चालनका लागि जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङको संयोजकत्वमा मूल आयोजक समिति बनाइएको छ । कराते प्रतियोगितामा नेपाली टोली, ७ प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, भारत, भुटान, श्रीलंका र बंगलादेशका खेलाडीको सहभागिता रहने नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई क्रमशः १ लाख, ७० हजार र ५० हजार रुपैयाँ नगदसहिता ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट कोच, उत्कृष्ट व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई जनही २०÷२० हजार रुपैयाँ प्रदन गर्ने आयोजकले जनाएको छ ।
जम्मा १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदकका लागि विभिन्न तौल समूहका पुरुष÷महिला कुमिते तथा पुरुष÷महिला काँतातर्फ ३१५ खेलाडीले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes