बेलबारी पिटर्सबर्ग च्यालेन्ज कपको सेमीफाइनलमा - Pahilo Online

बेलबारी पिटर्सबर्ग च्यालेन्ज कपको सेमीफाइनलमा

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा बेलबारी एफ.सी. विजयी हुँदै सेमिफाइनलको यात्रा तय गरेको छ ।

क्वाटरफाइनल खेलमा बेलबारीले राष्ट्रिय जागृति युवा क्लब विरुद्ध ४– १ को नतिजा निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा बेलबारीका विवेक पौडेलले २ गोल गरे भने कसिम राई र पारस खत्रीले १– १ गोल थप्दै बेलबारीलाई विजयी गराएको हो । दोस्रो हापको ५ औं मिनेटमा जागृतिका एलोन राईले सान्तवना गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बेलबारीका २ गोलकर्ता विवेक पौडेल घोषित भए । उनले नगद रु २५ सय र टफी प्राप्त गरेका थिए ।

थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा सुरु प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाएका थिए । प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको खेल मैदानमा संचालन भइरहेका छन् ।

प्रतियोगिता अन्तर्गत आजको खेल भाउन्ने एफ.सी. र दमक एफ.सी. बीच हुने आयोजकले बताएको छ । प्रतियोगिताको प्रथम र दास्रो हुने टिमलाई क्रमशः १ लाख १ हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिता संयोजक गणेश थक्लुङ्गले जानकारी गराए । प्रतियोगीताको फाइनल खेल कात्तिक १९ गते हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes