पथरी शनिश्चरेमा पिट्सबर्ग च्यालेन्ज कप सुरु, भाउन्ने दोस्रो चरणमा प्रबेश - Pahilo Online

पथरी शनिश्चरेमा पिट्सबर्ग च्यालेन्ज कप सुरु, भाउन्ने दोस्रो चरणमा प्रबेश

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङको पथरीशनिश्चरे–१० मा आज ९बुधबार०बाट पिटबोर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता—२०७८ सुुरु भएको छ ।
थ्री रिभर्स एफ।सी। अमेरिकाको आयोजनामा पथरीशनिश्चरे रंगशालामा भएको उद्घाटन खेलमा शिवसताक्षी एफसी झापालाई २—१ गोल अन्तरले पराजित गर्दै भाउन्ने एफसी मोरङ प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको हो ।

खेल सुरु भएको २१ औ मिनेटमा भाउन्नेको तर्फबाट सन्तोष न्यौपानेले प्रतियोगिताको पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । २७ औ मिनेटमा शिवसताक्षी मनिस लिम्बूले गोल फर्काउदै बराबरीमा पु¥याएका थिए । दोस्रो हापको अन्तिम ५५ औ मिनेटमा पुन सन्तोष न्यौपानेले नै दोस्रो गोल गरी भाउन्नेलाई दोस्रो चरणमा प्रवेश गराएको हो । उद्घाटन खेलको म्यान आफ द म्याच दुई गोल गर्ने भाउन्नेको सन्तोष न्यौपाने घोषित भए ।

भोलीको खेल बिराटनगर एफसी र भुटानी ब्वाइज क्लबवीच प्रतिष्पर्धा हुने आयोजक समितिको संयोजक गणेश थक्लुङ्ग लिम्बूले बताए ।
उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे नगरको उपप्रमुख यमुना बिष्ट बास्तोलले खेलकुदको माध्यमबाट नगरलाई परिचय गराउने आयोजक समितिलाई धन्यवाद दिएका थिए । खेल भइरहेको मैदानलाई नगरले पथरी शनिश्चरे रंगशालाको रुपमा डीपीआर तयार गरिसकेको समेत उपप्रमुख बिष्टले बताए । उद्घाटनमा अखिल नेपाल फुटबल संघ मोरङको अध्यक्ष दिपेन्द्र धिमाल लगायतको उपस्थिति रहेको थियो ।

झापा, मोरङ र सुनसरीको १० टिम सहभागि हुने प्रतियोगिताको प्रथम र दास्रो हुनेले फुटबल टिमले क्रमस एक लाख एक हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिको संयोजक कगेण थक्लुङ लिम्बूले बताए । प्रतियोगिताको सम्पूर्ण बजेट नेपालबाट अमेरिका पुगेर थ्री रिभर्स एफसी निर्माण गरेका अर्जुन बिष्ट लगायतले गर्ने खेल संयोजक गणेश थक्लुङले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई
  • प्रकाशक–सम्पादकः मोहन भट्टराई

© Copyright 2017 - 2021 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes