मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताः थापाचोक मंगलबारे फुटवल क्लब बिजयी - Pahilo Online

मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताः थापाचोक मंगलबारे फुटवल क्लब बिजयी

writer

प्रेमप्रसाद भट्टराई(के.डी) । पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं ८ मा जारी मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताको आजको (आइतबार) खेलमा मंगलबारे फुटवल क्लब बिजयी भएको छ । तालतलैया फुटवल एकेडेमि क्लवलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै थापाचोक मंगलबारे फुटवल क्लव विजयी भएको हो ।

पहिलो हाफसम्म गोलरहित अवस्थामा रहेका दुवै टिमले दोश्रो हाफपछि आक्रामक रुपमा मैदानमा उत्रिएका थिए । थापाचोक मंगलबारेको जितका लागि मध्यान्तरको १५ औँ मिनेटमा जर्सी नं १० का सनम भुजेलले पहिलो गोल गरेका थिए । मध्यान्तरको २१ औँ मिनेटमा जर्सि नं ९ का खेलाडी संजय धिमालले अर्को गोल गर्दै टिमलाई २ गोलको अग्रता दिलाएका थिए । खेलको ३० औँ मिनेटमा तालतलैया फुटवल एकेडेमिका जर्सि नं ५ का किरण राईले आफ्नो टिमका लागि पहिलो गोल गरेका थिए ।

खेलको अतिरिक्त समयमा थापाचोक मंगलबारेका लागि मंगलबारेका लागि तेस्रो र ब्यक्तिगत दोश्रो गोल गर्दै १–३ गोलको अग्रता दिलाए । यो संगै थापाचोक मंगलबारे फुटवल क्लव १ का बिरुद्ध ३ गोलले विजयी भएको छ । खेलको म्यान अफ द म्याच थापाचोक मंगलबारेका गोलरक्षक मनोज दाहाल घोषित हुँदै नगद १ हजार प्राप्त गरे । म्यान अफ द म्याचको पुरस्कार दानबहादुर राईले सौजन्य गरेका थिए । उनि मनिशा कृषि फार्मका सञ्चालक समेत रहेका छन् । भोलीको खेल हिमाल फुटवल क्लव कानेपोखरी र लालभित्ति फुटवल क्लव बेलबारीबिच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार मेडल र ट्रफि हात पार्नेछन भने उपविजेताले नगद २५ हजार, मेडल र ट्रफी हात पार्नेछन् । प्रतियोगिताका लागि वार्ड नं. ८ का जनप्रतिनिधीहरुले दोस्रो पुरस्कार सौजन्य गरेका छन् । प्रतियोगिता आयोजना गर्न साढे ३ लाख खर्च हुने अनुमान गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes