रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले प्रदेश १ को खेतियोग्य जमीनमा अम्लीयपन बढ्दै - Pahilo Online

रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले प्रदेश १ को खेतियोग्य जमीनमा अम्लीयपन बढ्दै

writer

मोरङ । रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले अन्नबाली उत्पादनका लागि प्रमुख क्षेत्र मानिएका प्रदेश १ का करिब ७० प्रतिशत खेतीयोग्य जमिनमा अम्लीयपन (एसिड) को मात्रा वृद्धि भएकाले माटोको उर्वरा शक्ति गुम्न थालेको कृषिविज्ञहरूले बताएका छन् । उनीहरूले अधिक उत्पादन बढाउने लालसाले किसानहरूले खेतबारीमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोग गरेकाले माटोको उर्वरा शक्ति घट्न थालेको बताएका छन् ।

सुनसरीको झुम्कास्थित क्षेत्रीय माटो परीक्षण प्रयोगशालाका कृषिविज्ञ प्राविधिकहरूले माटोमा अम्ल वर्षौंदेखि क्रमशः बढ्दै गएको बताए । माटोमा अम्ल बढ्नाले उत्पादनमा ह्रास आउने कृषिविज्ञहरूले बताए । झापा, मोरङ र सुनसरी अन्न उत्पादनका लागि मुलुकका मुख्य जिल्लाहरू मानिन्छन् । माटो तथा मलविज्ञ समेत रहेका क्षेत्रीय माटो परीक्षण प्रयोगशालाका सूचना अधिकृत दिगम्बर यादवले झापा, मोरङ र सुनसरीका अधिकांश खेतीयोग्य जमिन अम्लीय बन्दै गएको बताए ।

उनले भने, ‘पूर्वका यी जिल्लाहरूमा ६५ देखि ७० प्रतिशत माटोमा अम्लीयपन अत्यधिक बढेको छ । करिब ३० प्रतिशत माटो मात्र राम्रो छ ।’ विभिन्न बालीका लागि चाहिने माटोको पीएच मान चाहिएजस्तो नभएको यादवले बताए । उनले भने, ‘जब माटो अम्लीय बन्दै जान्छ, तब बाली उत्पादनका लागि चाहिने पीएच मान माटोमा रहँदैन । अम्लीयपनमा आलु, चिया, अलैंची र अम्लिसो खेती भए पनि अन्न खेती भने आधा पनि उत्पादन हुँदैन ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes