भूमि समस्या समाधानका लागि सहजीकरण - Pahilo Online

भूमि समस्या समाधानका लागि सहजीकरण

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको भूमि समस्या समाधानका विषयमा जिल्ला भूमि समस्या समाधान समिति मोरङ र पथरी शनिश्चरे नगरपालिकाको सहकार्यमा वृहत् छलफल तथा सहजीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा मंगलबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला भूमि समस्या समाधान समिति मोरङले नगरभित्र रहेका भूमि सम्बन्धी समस्याको वस्तुस्थिति बुझ्ने तथा समस्या समाधानका लागि आवश्यक सहजीकरण गरेको थियो ।
सो अवसरमा भूमि समस्या समाधान समितिका तर्फबाट स्थानीय तहले भूमि समस्या समाधानका लागि तयार गर्नुपर्ने कार्ययोजनाको ढाँचा समेत प्रस्तुत गरिएको थियो । कार्ययोजनामार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, व्यवस्थापन तथा भूमि सम्बन्धी समस्या समाधानका लागि स्थानीय तहको भूमिकाबारे छलफल गरिएको थियो । कार्यक्रममा भूमि सम्बन्धी नगरका विभिन्न समस्याहरु जनप्रतिनिधिहरुले उठान गर्नुभएको थियो ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles