प्रताप दास र दुर्गा खरेलको ‘ओइ नक्कले’ सार्वजनिक - Pahilo Online

प्रताप दास र दुर्गा खरेलको ‘ओइ नक्कले’ सार्वजनिक

writer

दिपेश रोक्का

गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ बुधबार युट्युबमार्फत सार्वजनिक भएको छ। सुमन पण्डित ‘बैरागी’को शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतले त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ।

भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री प्रियंका कार्की र कबिता नेपालीको अभिनय देख्न सकिन्छ। दुई युवती र एक युवकबीचको प्रेम, मनोभावना र द्वन्द्वलाई गीतमा भावनात्मक रूपमा चित्रण गरिएको छ।

गीतको निर्देशन माइकल चन्दले गरेका छन् भने उत्सव दाहालले छायांकन गरेका हुन्। कोरियोग्राफी सञ्जय विश्वकर्माले गरेका छन्। भिडियोलाई आकर्षक लोकेशन, गतिशील फ्रेम र कलाकारहरूको सशक्त अभिनयले थप प्रभावशाली बनाएको छ।

हाल अष्ट्रेलियामा बसोबास गरिरहेका अभिनेता सुशान्त कार्की यस भिडियोका लागि विशेष रूपमा नेपाल आएका थिए। झन्डै ६ महिना अघि छायांकन सम्पन्न भए पनि भिडियो हाल मात्र सार्वजनिक गरिएको हो।

‘द डिभाइन म्युजिक’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको ध्यान खिच्न सफल भएको छ। दर्शकहरूले गीतको संगीत, शब्द, भिडियोको प्रस्तुति र कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles