पौडेली दाजुभाइद्वारा निःशुल्क ट्युसन सेन्टरलाई सहयोग - Pahilo Online

पौडेली दाजुभाइद्वारा निःशुल्क ट्युसन सेन्टरलाई सहयोग

writer

पहिलो अनलाइन

शनिश्चरे । विगत २ वर्षदेखि बालबालिकालाई निःशुल्क ट्युसन कक्षा चलाउँदै आएको ट्युसन सेन्टरलाई इटहरीका दुई व्यवसायीले शैक्षिक सामग्री प्रदान गरेका छन् । आज विहीबार मोरङ पथरीशनिश्चरे–४ स्थित महारानी ट्युसन सेन्टरका बालबालिकाहरुलाई व्यवसायिद्वय लक्ष्मण पौडेली र निरकुमार पौडेलीले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

व्यवसायीद्वयले बालबालिकाहरुलाई अध्ययनमा मद्दत पुगोस् भन्ने उद्देश्यले निःशुल्क रुपमा शैक्षिक सामग्री वितरण गरेको बताएका छन् । उनीहरुले जनही दुई वटा कापी र डटपेन वितरण गरेका हुन् । महारानी ट्युसन सेन्टरमा दुई दर्जनबढी विपन्न बस्तीका बालबालिकाहरु अध्ययन गरिरहेको ट्यसन सेन्टरका अध्यक्ष एवं संरक्षक भद्रमान विश्ववकर्माले जानकारी दिए ।

पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ निवासी पूर्व शिक्षक, समाजसेवी विश्वकर्माले ट्युसन सञ्चालन गर्नु अघि बच्चाहरू छरिएर रहेका बताए । विश्वकर्माले भने ‘निःशुल्क ट्युसन सञ्चालनमा आएपछि बच्चाहरू पढ्न सुरु गरेका छन् ।’ निःशुल्क ट्युसन सेन्टर सञ्चालन गर्नुको उद्देश्य बच्चाहरुलाई सानैदेखि कुलतबाट टाढा राखी पढाईप्रति आकर्षित गर्नु रहेको उनले बताए । अहिले चौतर्पीरुपमा लागुऔषध सामाजिक समस्याको रुपमा विकसित भइरहेकोले यसको न्यूनिकरण अनिवार्य रहेको विश्वकर्माले बताए ।

पथरीशनिश्चरे नगरको पूर्व जनप्रतिनिधि समेत रहेका विश्वकर्माले ट्युसन सेन्टर दीर्घकालिन रुपमा सञ्चालन गर्ने उद्देश्य राखेका छन् ।
विश्वकर्मा भागिरथ माविको अवकासप्राप्त शिक्षक एवं पूर्व जनप्रतिनिधि समेत हुन् ।

मा प्रकाशित

1 thought on “पौडेली दाजुभाइद्वारा निःशुल्क ट्युसन सेन्टरलाई सहयोग

  1. गाउँ घरका गरिबका छाेराछाेरिलाई स्कुल अा स्कुल जा हुन्छ तेस्ताबिद्ध्याथीलाई याे अतीनै ,उत्कृष्ट काम भयकाेछ ,भद्रमान जी
    लाई याे काम काे लागी साै साै कराेडकाे धन्यबाद दिन चाहान्छु।।

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles