भोजपुर जिल्ला को कुलुङ मा २०३९ पुस २२ तदनुसार १९८३ जनवरी ६ मा जन्मिएका मुकुन्द कार्की हाल मोरङको पथरी शनिश्चरे वाड नम्बर ९ का स्थाइ बासिन्दा हुन् ।
वि.सं. २०५५ मा एसएलसी पास गरेपछि उच्च मा वि को अध्ययनसँगै कलाकारितामा आफ्नो भविष्य देखेका मुकुन्दले शनिश्चरे नाट्य समुह स्थापना गरेर कलाकारिताको यात्रा शुरु गरेका हुन् । त्यसताका उनले पूर्वका दर्जनबढी स्थानमा स्टेज नाटक र सडक नाटक प्रदर्शन गरे । यसैक्रममा शनिश्चरे नाट्य समुहको अध्यक्ष पनि भए ।
थप जिमेवारी सहित स्टेज नाटक र सडक नाटक गरिरहेका मुकुन्द कार्कीले आफ्नै पहलमा शनिश्चरे डान्स सेन्टर स्थापना गरेर कलाकारितालाई निरन्तरता दिए । विगतलाई स्मरण गर्दै कार्कीले भनें –‘डान्स सेन्टर खोलेपछि त म झन् उत्साहित भएँ ।’ स्थानिय स्तर विभिन्न सम्मान पाइरहेका मुकुन्द कार्कीले ‘बेचिएकी चेली’ ‘अँध्यारोमा परेका चेलीहरु’ भिडियो फिल्ममा मुख्य भुमिका निभाएका थिए ।
हुन त उनको सुरुवाती सपना अभिनेता बन्ने थियो । अभिनेता पनि हिरो होइन, चरित्र अभिनेता । यसरी नै कलाकारितालाई कर्म बनाएर अगाडि बडिरहेका मुकुन्द यतिखेर भने नेपाली चलचित्र क्षेत्रका सुपरस्टार दयाहाङ राईसँग एउटै फिल्म ‘रङ्गेली’ मा मुख्य भुमिकामा अनुबन्ध भएर काम गरिसकेका छन् ।
‘रंगेली’ कस्तो फिल्म हो ? भन्ने प्रश्नमा कार्की भन्छन् –‘‘रंगेली’ चाहिं जनरामा प्रतिबद्ध भएर बनाइएको फिल्म हो । कथावस्तु के हो दर्शकले कसरी लिन्छन्, त्यो आफ्नो ठाउँमा छ । हामीले तराईको लुक्समा ग्याङस्टर फिल्म बनाउन खोजेका हौं ।’ रंगेलीमा आफ्नो भूमिकाबारे यसो भन्छन् –‘यसमा दयाहाङको समूहमा अजय भन्ने पात्र छ, जसले दयाहाङको सहयोगीको भुमिका निभाएको छ ।’
रङेली फिल्म अर्जुन सुबेदीबाट निर्देशित फिल्म हो । यस फिल्ममा दयाहाङ राई मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा र मुकुन्द कार्कीको मुख्य भुमिका रहेको छ ।



Congratulations dada for your bright future ❤️
सर्बप्रथम त दाजु लाई हृदय देखि नै शुभकामना पथरिसनिस्चरे नगरपालिका को नाम अनि सान राख्नु भएको मा। आगामी दिन हरु मा अझै उन्नति प्रगती को कामना। हजुर ले सोचेको चाहेको कुराहरु पूरा हुँदै जाउन।