कलाकारितामा ‘करिअर’ खोज्दै मुकुन्द - Pahilo Online

कलाकारितामा ‘करिअर’ खोज्दै मुकुन्द

writer

पहिलो अनलाइन

भोजपुर जिल्ला को कुलुङ मा २०३९ पुस २२ तदनुसार १९८३ जनवरी ६ मा जन्मिएका मुकुन्द कार्की हाल मोरङको पथरी शनिश्चरे वाड नम्बर ९ का स्थाइ बासिन्दा हुन् ।
वि.सं. २०५५ मा एसएलसी पास गरेपछि उच्च मा वि को अध्ययनसँगै कलाकारितामा आफ्नो भविष्य देखेका मुकुन्दले शनिश्चरे नाट्य समुह स्थापना गरेर कलाकारिताको यात्रा शुरु गरेका हुन् । त्यसताका उनले पूर्वका दर्जनबढी स्थानमा स्टेज नाटक र सडक नाटक प्रदर्शन गरे । यसैक्रममा शनिश्चरे नाट्य समुहको अध्यक्ष पनि भए ।

थप जिमेवारी सहित स्टेज नाटक र सडक नाटक गरिरहेका मुकुन्द कार्कीले आफ्नै पहलमा शनिश्चरे डान्स सेन्टर स्थापना गरेर कलाकारितालाई निरन्तरता दिए । विगतलाई स्मरण गर्दै कार्कीले भनें –‘डान्स सेन्टर खोलेपछि त म झन् उत्साहित भएँ ।’ स्थानिय स्तर विभिन्न सम्मान पाइरहेका मुकुन्द कार्कीले ‘बेचिएकी चेली’ ‘अँध्यारोमा परेका चेलीहरु’ भिडियो फिल्ममा मुख्य भुमिका निभाएका थिए ।
हुन त उनको सुरुवाती सपना अभिनेता बन्ने थियो । अभिनेता पनि हिरो होइन, चरित्र अभिनेता । यसरी नै कलाकारितालाई कर्म बनाएर अगाडि बडिरहेका मुकुन्द यतिखेर भने नेपाली चलचित्र क्षेत्रका सुपरस्टार दयाहाङ राईसँग एउटै फिल्म ‘रङ्गेली’ मा मुख्य भुमिकामा अनुबन्ध भएर काम गरिसकेका छन् ।

‘रंगेली’ कस्तो फिल्म हो ? भन्ने प्रश्नमा कार्की भन्छन् –‘‘रंगेली’ चाहिं जनरामा प्रतिबद्ध भएर बनाइएको फिल्म हो । कथावस्तु के हो दर्शकले कसरी लिन्छन्, त्यो आफ्नो ठाउँमा छ । हामीले तराईको लुक्समा ग्याङस्टर फिल्म बनाउन खोजेका हौं ।’ रंगेलीमा आफ्नो भूमिकाबारे यसो भन्छन् –‘यसमा दयाहाङको समूहमा अजय भन्ने पात्र छ, जसले दयाहाङको सहयोगीको भुमिका निभाएको छ ।’
रङेली फिल्म अर्जुन सुबेदीबाट निर्देशित फिल्म हो । यस फिल्ममा दयाहाङ राई मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा र मुकुन्द कार्कीको मुख्य भुमिका रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes