
पथरी शनिश्चरे । पथरी शनिश्चरेमा सञ्चालित फुड बैङ्कले वडा नं ४ मा खाद्यान्न वितरण गरेको छ। कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि पुनःदोस्रो पटक जारी बन्दाबन्दी (लकडाउन) कारण समस्यामा परेका विपन्न परिवारलाई राहत स्वरुप बिहिबार वितरण गरीएको हो ।
‘हामी छौ त केवल एकअर्काको लागि छौ’ भन्ने मुल नारा सहित अघि बढिरहेको फुड बैङ्कले वडाले सिफारीस गरेको १३० परीवारको लागि प्रतिपरीवार ५ के.जी चामल, १ पोका तेल र आधा के.जी दालको प्याकेजमा वितरण गरेको फुडबैंकका सदस्य सुमन बि.के ले जानकारी दिए ।
वितरण कार्यक्रममा वडाअध्यक्ष, वडासदस्यहरु, कर्मचारी लगायत सुरक्षाकर्मीको उपस्थिति रहेको थियो। वडाअध्यक्ष गोविन्द बहादुर भण्डारीले फुड बैङ्कको कामको प्रसंसा गर्दै धन्यवाद दिएका थिए । प्रदिप कुमार राईको नेतृत्वमा सञ्चालन भईरहेको फुडबैङ्कमा हाम्रो फाउनडेसन, सी.एम.सी पथरीशनिश्चरे, गरीमा अनलाइन र प्रतिभा समाज सुधार क्लवले व्यवस्थापन तथा साझेदारी गरीरहेको छ ।
स्वदेश तथा विदेशमा भएका नेपाली दाजुभाई दिदीबहिनी र विभिन्न संघ संस्था बाट आर्थिक र खाद्यन्न सामग्री सयोग संकलन गरी सञ्चालन भईरहेको फुड बैङ्कले बुधबार वडा नं ८ मा १७१ र वडा न. ६ मा १५६ विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको थियो । यसरी नै अन्य वडाहरुमा पनि वितरण गरीने योजना रहेको छ । प्रमुख फुड बैङ्क स्थल पथरिशनिश्चरे वडा नं १० मा भने आवश्यक भएका व्यक्तिहरुलाई नियमित रुपमा वितरण भईरहेको पनि फुड बैङ्कले जानकारी दिएको छ ।
