आइफोन ११ प्रयोगकर्ताहरुले रुचाए, १० प्रतिशतले बढ्यो उत्पादन - Pahilo Online

आइफोन ११ प्रयोगकर्ताहरुले रुचाए, १० प्रतिशतले बढ्यो उत्पादन

writer

एप्पलले हालै लञ्च गरेको आइफोन ११ सिरिजका स्मार्टफोनहरुलाई प्रयोगकर्ताहरुले रुचाएका छन् । अपेक्षाभन्दा बढी सकारात्मक प्रतिक्रिया मिलेसँगै एप्पलले आइफोन ११ को उत्पादन १० प्रतिशतले बढाएको छ ।

आइफोन ११ को माग उच्च हुनुमा यसको मूल्य एउटा कारण हुनसक्छ । आइफोन ११ को मूल्य आइफोन १० को भन्दा कम छ । एप्पलले आफ्नो इतिहासमै पहिलोपटक पूरानो मोडेल भन्दा कम मूल्यको नयाँ मोडलको आइफोन सार्वजनिक गरेको थियो यो पटक । सोही कारण पनि आइफोन ११ प्रति उपभोक्ताहरु आकर्षित भएका हुन् ।

उत्पादनमा वृद्धि गरेसँगै अब एप्पलले ८० लाख गोटा आइफोन ११ बनाउनेछ । एप्पलले गत सेप्टेम्बरमा आइफोन ११ स्मार्टफोन लञ्च गरेको थियो । उक्त सिरिजमा आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स गरी तीनवटा आइफोन रहेका छन् ।

यी सबै आइफोन ए १३ बायोनिक चिपसेटयुक्त रहेका छन् । तथापि स्क्रिन साइज र क्यामरा सेटअप भने मोडेल अनुसार फरक छ । आइफोन ११ मा ६.१ इन्चको रेटिना डिस्प्ले रहेको छ भने आइफोन ११ प्रो मा ५.८ इन्चको सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । त्यस्तै आइफोन ११ प्रो म्याक्समा चाहीँ ६.५ इन्चको सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes