प्रदेश १ र २ बीच सीमा विवाद समाधान गर्न सरकारको ध्यानाकर्षण - Pahilo Online

प्रदेश १ र २ बीच सीमा विवाद समाधान गर्न सरकारको ध्यानाकर्षण

writer

मोरङ — प्रदेश १ को उदयपुर र प्रदेश २ को सिरहा क्षेत्रमा देखिएको सीमा विवाद समाधान गर्न प्रदेशसभामा सांसद नारायणबहादुर मगरले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको शून्य समयमा बोल्दै उनले उदयपुरको उदयपुरगणी गाउँपालिका र कटारी नगरपालिकाको केही भूभाग प्रदेश दुईले आफ्नो भनेर दाबी गर्दा विवाद सिर्जना भएको बताए ।

उदयपुरको दक्षिणी चुरे क्षेत्रमा पर्ने उदयपुरगणी गापाको ५ र ७ नम्बर वार्ड र कटारी नपाको ६ नम्बर वार्डमा पर्ने केही भूभागलाई प्रदेश दुईले सिराहा जिल्लामा पर्ने भन्दै दाबी गरिरहेको भए पनि त्यसक्षेत्रका नागरिकको लालपुर्जामा उदयपुर नै उल्लेख गरिएको उनले बताए । त्यस क्षेत्रका जनताले पनि प्रदेश एकमै रहने बताउँदै आएकाले प्रदेश सरकारले तत्काल उक्त विवाद समाधान गर्न उनले माग गरे ।

सांसद उमिता विश्वकर्माले दोहोरो शिक्षा नीति अन्त्यका लागि सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिइन् । सामुदायिक विद्यालयमा सरकारले दिएका कतिपय शैक्षिक सामग्रीको उचित उपयोग हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

त्यस्तै सांसद लीला शुब्बाले धनकुटामा बसोबास गर्दै अठपहरिया राईहरूलाई अल्पशंख्यक, सिमान्तकृत वर्गमा सूचीकृत गर्न माग गरिन् । धनकुटामा मात्रै रहेका उनीहरूको आफ्नै भषा, संस्कृति र लिपि रहेकाले उनीहरूको संरक्षण गरिनुपर्ने उनले बताइन् । प्रदेश एकमा पर्यटक भित्र्याउने एउटा गतिलो माध्यम उनीहरू बन्न सक्ने भन्दै उनले सरकारलाई यसतर्फ ध्यान दिन माग गरिन् ।

प्रदेशसभामा अर्थ समितिका सभापति मोहनकुमार खड्काले समितिको प्रतिवेदन सहित ‘सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पेस गरेका थिए । समितिले लगानी प्राधिकरण विधेयकको नामदेखि प्रस्तावना तथा ९१ वटा विषयमा संशोधन गर्नुपर्ने प्रतिवेदन पेस गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes