धरानको उपनिर्वाचनमा नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसको चुनावी अभियान तीव्र - Pahilo Online

धरानको उपनिर्वाचनमा नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसको चुनावी अभियान तीव्र

writer

धरान–सुनसरीको धरानमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसले चुनावी अभियान तीव्र पारेका छन् । नेकपा र कांग्रेसले अहिलेसम्म उम्मेदवार भने निर्णय गरिसकेका छैनन् । उम्मेदवारबिनै चुनावी अभियानलाई जनतामाझ लगिरहेका छन् । तर नेकपाविरुद्ध धरानमा नेपाली काँग्रेस र अन्य साना दल एक हुने लगभग निश्चित बनेको छ ।

धरान उपमहानगरको मेयरमा तत्कालीन एमालेका तारा सुब्बाले कांग्रेस उम्मेदवार तिलक राईलाई पराजित गरेका थिए । ०७५ साउन १ गते मेयर सुब्बा को निधन भएपछि धरान नेतृत्वविहीन छ । मेयरका लागि नेकपाबाट केन्द्रीय सदस्य किरणकुमार राई, प्रदेश सदस्यहरू विजय राई, मनोजकुमार मेन्याङ्बो, मुक्साहाङ मेन्याङ्बो, जिल्ला सचिव रमेश बस्नेत, जिल्ला सदस्यहरू प्रकाश राई र पदम लिम्बू आकांक्षी छन् । कांग्रेसबाट धरान नगर सभापति तिलक राई र जिल्ला सचिव सुजेन्द्र तामाङले आकांक्षा देखाएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes