नेपाली राष्ट्रिय महिला तथा पुरुष टिमले ४ महिनामा १० प्रतियोगिता खेल्दै - Pahilo Online

नेपाली राष्ट्रिय महिला तथा पुरुष टिमले ४ महिनामा १० प्रतियोगिता खेल्दै

प्रशिक्षक–खेलको स्तर वृद्धि र विकासका लागि देशभर हजारौं खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्छ ।

writer

काठमाडौँ — सुरुका २३ वर्षमा तीन प्रतियोगितामै सीमित नेपाली राष्ट्रिय महिला फुटबल पछिल्लो दशक निकै व्यस्त बनेको छ । टोलीले नौ वर्षयता नौ प्रतियोगिता खेलको छ । मैत्रीपूर्ण खेलहरू थपिएका छन् । यो वर्ष (सन् २०१९) मात्रै महिला टिमले तीन प्रतियोगिता खेलिसकेको छ । थप दुई प्रतियोगिता यसै वर्ष खेल्दैछ । सन् १९८६ को एसियन कपमार्फत् अन्तर्रा्ष्ट्रिय फुटबलमा पाइला टेकेको महिला टिम सबैभन्दा बढी व्यस्त भएको यसैपालि हो ।

नेपालको महिला टिम मात्र होइन, पुरुष टिम पनि उत्तिकै व्यस्त छ । विश्वकप २०२२ छनोटको अन्तिम तयारीमा अभ्यासको लागि मलेसियन लिग सुपर लिग च्याम्पियन जोहर दारुल ता’जिमविरुद्ध सोमबार प्रतिस्पर्धा गरेको राष्ट्रिय टिम १–० ले पराजित भयो र उमेर समूहको गरी नेपाली पुरुष टिमले चार महिनाभित्र सात वटा प्रतियोगिता खेल्दै छ ।

राष्ट्रिय टिम एसियन कप २०२३ छनोटको रूपमा पनि रहेको विश्वकप छनोटमै केन्द्रित छ । यू–१५र१६, यू–१८र१९ र यू–२३ टिम पनि मैदानमा ओर्लंदै छन् । यस व्यस्त तालिकाको पहिलो प्रतियोगिता हो, साफ यू–१६ च्याम्पियनसिप ।

साफ यू–१५ च्याम्पियनसिपमा दुईपल्ट फाइनल पुगेर पनि उपाधिविमुख भएको नेपाली टिमलाई दक्षिण एसियाली स्तरको उमेर समूहको फुटबल प्रतियोगितामा बलियै मानिन्छ । तर, वेस्ट बंगालस्थित कल्याणी रंगशालामा भइरहेको चौथो यू–१५ साफ च्याम्पियनसिपको पहिलो खेलमै ठूलो झट्का बेर्होयो ।

घरेलु टिम भारतविरुद्ध ५–० ले हार्याे, जुन नेपालका लागि लज्जास्पद नतिजा हो । पाँच देश सहभागी च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएर उपाधि आशा कायमै राखेको नेपालले डिफेन्डिङ च्याम्पियन बंगलादेशविरुद्ध मंगलबार(आज) र भुटानविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्दै छ । राउन्ड रोबिन लिगकममा शीर्ष दुईमा रहने टिमले उपाधिको लागि खेल्नेछन् ।

एएफसी यू–१६ च्याम्पियनसिपको तयारी पनि हो, साफ यू–१५  प्रशिक्षक सुनील श्रेष्ठले सम्हालेको यस टिमकै खेलाडीले एएफसी छनोट खेल्नेछन्, जुन १४–२२ सेप्टेम्बरमा जोर्डनको जार्कामा हुनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपाली युवा टिमले आयोजक जोर्डनसँगै ताजकिस्तान, श्रीलंका र कुवेतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यो उमेर समूहमा नेपालले चौथोपल्ट एसियाली च्याम्पियनसिपमा छनोट हुने प्रयास गर्नेछ ।

साफ यू–१८ च्याम्पियनसिपको तेस्रो संस्करण नेपालले आयोजना गर्दै छ । हल्चोक मैदानमा २०–२९ सेप्टेम्बरमा हुने च्याम्पियनसिपमा नेपाली युवा टिमले उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यसाथ तयारी गरिरहेको छ । पाकिस्तानबाहेक दक्षिण एसियाका सबै (६) देश सहभागी साफ य–१८ मा नेपालले समूह चरणमा भुटान र माल्दिभ्सविरुद्ध खेल्ने र, यो प्रतियोगिता पनि एएफसी यू–१९ च्याम्पियनसिप छनोटको तयारी हो ।

एएफसी यू–१९ को छनोट नोभेम्बरमा इरानमा हुँदै छ । त्यसमा नेपालले इरानसँगै यूएई र किर्गिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालले छनोट पार गरेर सन् २००४ मामात्रै यू–१९ को महादेशीय प्रतियोगिता खेलेको छ । त्यो सफलता एन्फा एकेडेमीको पहिलो ब्याचले दिलाएको थियो ।

नेपालले एएफसी फुटसल च्याम्पियनसिपको छनोट दोस्रोपल्ट खेल्न लागेको हो । अक्टोबरमा इरानमा हुने छनोटमा नेपालले आयोजकसँगै उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तानविरुद्ध खेल्नेछ । त्यसका लागि पाँच दिने खुला छनोटमार्फत् ३७ खेलाडी चयन गरेर नियमित प्रशिक्षण गरिरहेको छ ।

नेपालले डिसेम्बरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्दैछ र यसको डिफेन्डिङ च्याम्पियन हो नेपाली टिम । सिनियर तीनलाई समावेश गरेर यू–२३ टिमले प्रतिस्पर्धा गर्ने सागमा यसपालि पनि नेपाल स्वाभाविक रूपमै स्वर्णको दाबेदार हो ।

महिलामा अवसर
सागमा पुरुष टिम यू–२३ हुने भए पनि महिलातर्फ भने राष्ट्रिय टिम नै मैदानमा ओर्लनेछ । त्यसैले १३ औं सागलाई महिला र पुरुषको प्रतिस्पर्धाको रूपमा बेग्लाबेग्लै हेर्ने हो भने चार महिनाभित्र नेपाली टिमले १० प्रतियोगिता खेल्दै छ । महिलातर्फ नेपाल पछिल्ला दुवै संस्करणको रजत पदक विजेता हो । घरेलु भूमिमा स्वर्ण जित्ने लक्ष्यसाथ तयारी भइरहेको महिला टिमका मुख्य प्रशिक्षक हरि खड्काले बताए ।

महिला टिमले अर्को सातादेखि किर्गिस्तानको काराकोलमा हुने नाडेज्दा कप पनि खेल्दै छ, जुन १३ औं सागको तयारीको रूपमा रहेको छ । नाडेज्दा कपमा उज्वेकिस्तान, ताजकिस्तान, नेपाल र किर्गिस्तानले प्रतिस्पर्धा गर्दैछन् । ‘१३ औं सागअघि हामीभन्दा राम्रो टिमविरुद्ध खेल्न पाउनु महत्त्वपूर्ण हो । यसले हाम्रो कमी–कमजोरी पहिचान गरी त्यसलाई सागमा सच्याउन सहयोग पुग्ने छ,’ प्रशिक्षक खड्काले भने । महिलातर्फ उमेर समूहमा यू–१५ टिमले मात्रै यात्रा गर्दै छ ।

उसले भुटानमा सेप्टेम्बर दोस्रो साता थिम्पुमा हुने साफ यू–१५ महिला च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्दैछ । यसको लागि एन्फाले ४२ खेलाडी छनोट गर्दै तयारी थालेको छ ।

विश्वकप छनोटमा नजर
चार महिनाभित्रका दस प्रतियोगितामध्ये सबैको ध्यान खिचेको छ विश्वकप छनोटले । नेपालले ५ सेप्टेम्बरमा कुवेतविरुद्ध जाबेर अल अहमद रंगशालामा प्रतिस्पर्धा गर्दै छनोट यात्रा सुरु गर्नेछ । नेपालले त्यसको पाँच दिनपछि नै कुवेत सिटीबाट ताइपेई नगर रंगशालामा पुगेर चाइनिज ताइपेईको सामना गर्नेछ ।

नेपालले सन् २०२० जुनसम्म हुने छनोटमा नेपालले अस्ट्रेलिया, जोर्डन, कुवेत र ताइपेई, ‘होम एन्ड अवे’ को आधारमा प्रतिस्पर्धा गनेछ । यसमा ‘अन्डरडग’ को रूपमा रहेको नेपालले समूहको अन्तिम स्थानभन्दा माथि उक्लँदै एसियन कप २०२३ छनोटको अर्को चरणमा प्रवेश गर्ने प्रयास गर्नेछ ।

एक वर्षमा १४ प्रतियोगिता
चार महिनाभित्र हुनेरभइरहेका १० प्रतियोगितालाई पनि जोड्दा नेपाली टिमले सन् २०१९ मा समग्रमा १५ प्रतियोगिता  १३ औं सागमा महिला र पुरुष फुटबललाई दुई प्रतियोगिता मानिएको) खेल्दै छ ।

यसमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लबले खेलेको एएफसी कप २०१९ लाई पनि समावेश गरिएको छ, जहाँ मनाङ जितविहिन (२ बराबर, ४ हार) सँगै समूह चरणबाट बाहिरिएको थियो । योहान कालिन नेतृत्वको राष्ट्रिय टिमले खेलेका चार मैत्रीपूर्ण खेल अलग पाटो हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलोपल्ट साफ महिला च्याम्पियनसिप आयोजना गरेको यसै बर्ष हो । विराटनगरमा भएको च्याम्पियनसिपमा नेपाली टिम फेरि फाइनल पुगेर रोकियो । नेपाललै उही पुरानै प्रतिद्वन्द्वी भारतले सिकार बनाएर लगातार पाँचौंपल्ट ट्रफी कब्जा गर्यो ।

महिला टिमले ओलम्पिक छनोटमा पहिलोपल्ट सहभागी हुँदै ऐतिहासिक दोस्रो चरण यात्रा पनि सन् २०१९ मै र्गयो । भारतविरुद्ध ऐतिहासिक जितसहित हिरो वुमेन्स गोल्डकप (भुवनेश्वर) मा उपविजेता भयो । युवा टिमले एएफसी यू–१९ महिला च्याम्पियनसिपको छनोटको दोस्रो चरण पनि यसैपालि खेल्यो ।

एसियाली फुटबल महासंघ (एएफसी) ले जोर वर्षमा महिला र विजोर वर्षमा पुरुषको उमेर समूहको महादेशीय च्याम्पियनसिपको छनोट आयोजना गर्ने चलन छ । त्यसैले सन् २०१९ मा पुरुष टिमको प्रतियोगिता बढी देखिएको हो । सन् २०१८ मा महिला टिमका प्रतियोगिताको बाहुल्य रहेको थियो ।

गत वर्ष नेपाली टिमले खेलेका नौ प्रतियोगितामध्ये ओलम्पिक छनोट (पहिलो चरण), एएफसी यू–१९ च्याम्पियनसिप छनोट (पहिलो चरण), साफ यू–१८ च्याम्पियनसिप, साफ यू–१५ च्याम्पियनसिपमा महिला टिम भिडेका थिए । पुरुष टिमले एसियन कप छनोट, साफ च्याम्पियनसिप, बंगबन्धु गोल्डकप, एसियन गेम्स (यू २३), साफ यू–१५ च्याम्पियनसिप खेलेको थियो ।

‘नेपाली टिमले सबैभन्दा धेरै प्रतियोगिता खेलेको यसैपालि हो,’ एन्फाका महासचिवइन्द्रमान तुलाधरले भने, ‘हाम्रो स्तर वृृद्धिको लागि धेरैभन्दा धेरै अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेका छौं । थुप्रै मैत्रीपूर्ण खेल र आमन्त्रण प्रतियोगितामा पनि निमन्त्रणा आइरहेका छन्, त्यस्ता प्रतिस्पर्धामा स्तर हेरेरमात्रै सहभागी हुनेछौं ।’ प्रतियोगिता बढेसँगै खर्च बढेको छ । केही प्रतियोगिताको खर्च अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ (फिफा) ले उपलब्ध गराउने र केहीमा एन्फा आफैंले बेहोर्नुपर्ने तुलाधरले बताए ।

अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा बढ्दो सहभागिताले मात्रै नेपाली फुटबलको विकास नहुने प्रशिक्षक मेघराज केसीले बताए । ‘उमेर समूहदेखि राष्ट्रियटिमले धेरै खेलिरहेको छ । त्यसमा विचार गर्नुपर्ने घरेलु फुटबल के भइरहेको छ भन्ने हो,’ हाल थ्रीस्टार क्लब सम्हालिरहेका प्रशिक्षक केसीले भने, ‘ती २०–२५ जनाले खेलेरमात्रै देशको फुटबल माथि जाँदैन । स्तर वृद्धि र विकासका लागि देशभर हजारौं खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्छ । त्यसका लािग लामो अवधिको लिग नियमित हुनुपर्छ ।’

नेपाली टिमले चार महिनाभित्र खेल्ने प्रतियोगिता

पुरुष टिम
साफ यू–१५ च्याम्पियनसिप
२१–३१ अगस्ट, २०१९रवेस्ट बंगाल

विश्वकप २०२२ छनोट
५ सेप्टेम्बर, २०१९–४ जुन, २०२०

एएफसी यू–१६ च्याम्पियनसिप छनोट
१४–२२ सेप्टेम्बर, २०१९रजोर्डन

साफ यू–१८ च्याम्पियनसिप
२०–२९ सेप्टेम्बर, २०१९रकाठमाडौं

एएफसी फुटसल च्याम्पियनसिप छनोट
२३–२५ अक्टोबर, २०१९रइरान

एएफसी यू–१९ च्याम्पियनसिप छनोट
६–१० नोभेम्बर, २०१९रइरान

१३ औं दक्षिण एसियाली खेलकुद (यू–२३)
१–१० डिसेम्बर, २०१९रकाठमाडौं

महिला टिम
साफ यू–१५ महिला च्याम्पियनसिप
९–१५ सेप्टेम्बर, २०१९रभुटान

नाडेज्दा कप
६–१३ सेप्टेम्बर, २०१९रकिर्गिस्तान

१३ औं दक्षिण एसियाली खेलकुद
१–१० डिसेम्बर, २०१९र पोखरा

(स्रोत–कान्तिपुर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes