नगरभित्रको स्वास्थ्यको सुधारका निम्ति लागि परिरहेको छु - Pahilo Online

नगरभित्रको स्वास्थ्यको सुधारका निम्ति लागि परिरहेको छु

writer

पहिलो अनलाइन

 

 

मुरारी आचार्य (स्वास्थ्य संयोजक) पथरीशनिश्चरे नगरपालिका, मोरङ

 

दिनचर्या कसरी बिताइरहनु भएको छ ?
म एउटा स्वास्थ्य संयोजक भएको हैसियतले नगरभित्रको स्वास्थ्य अवस्थालाई सुधार गर्नका लागि अहोरात्र काममा लागिरहेको छु । त्यस्तै कार्यालयको समयभन्दा बाहिरको समय पनि स्वास्थ्यको सुधारका निम्ति भनेर लागि परिरहेको छु । यसरी नै दिनचर्याहरु बितिरहेका छन् ।

पथरीशनिश्चरे नगरपालिका भित्र स्वास्थ्य सम्बन्धी कार्यहरु केके भइरहेका छन् ?
स्थानीय सरकारको रुपमा गठित भएपछि यस नगरपालिकालाई जब घोषणा गरियो । त्यसपछि नगरपालिकाभित्र रहेका ३ सरकारी संस्थाहरु जसमा पथरी, शनिश्चरे र हसन्दह स्वास्थ्य चौकी छन् र यी संस्थाहरुबाट प्रदान गरिने स्वास्थ्य सम्बन्धी सेवाहरुलाई चुस्तदुरुस्त र गुणस्तरीय बनाउनका लागि भनी एउटा योजना बनाइयो र उक्त योजना अनुसारको कार्यक्रममार्पmत् यो आर्थिक वर्षमा कार्यन्वयन गर्ने क्रममा गएका छौँ । यसबाहेक यस नगरपालिकाले पहिलो आर्थिक वर्षमा रहेको १ सरकारी स्वास्थ्य केन्द्रमा २ स्वास्थ्य केन्द्र थप गरेर जम्मा ३ वटा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने छौँ । जम्मा ६ वटा स्वास्थ्य चौकीहरु भए । यस नगरपालिकाको स्वास्थ्य संयोजकको रुपमा बसेर उक्त स्वास्थ्य केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवाहरुलाई गुणस्तरीय बनाउने उद्देश्य लिएर अहोरात्र योजनाहरु बनाएर त्यसैअनुसार हिडिरहेको छु ।

नगरभित्र कस्ता किसिमका स्वास्थ्य समस्याहरु आउछन् ?
हाम्रो देश विकाशोन्मुख राष्ट्र भएकाले पनि देशभरिको समस्या भनेको करिब एकै किसिमको प्याट्रनमा रहेको पाइन्छ । त्यस्तै समास्या समाधान र स्वास्थ्य सम्बन्धी योजनाहरु पनि नेपाल सरकारबाट ससर्त कार्यक्रमहरुको रुपमा तोकिएर आउँछन् । त्यसमा पनि हामीले ती सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गर्नुपर्छ र तीबाहेक केही अन्य कार्यक्रमहरु नगरबाट पनि स्वीकृत गरेर कार्यक्रमहरु सञ्चालन गर्दैै अघि बढिरहेका छौँ ।

काम गर्दा जिम्मेवारीको साथै चुनौतीहरु कतिको आउदा रहेछन् ?
काम गर्ने क्रममा धेरै चुनौती आउने गर्दछन् । अहिले आएर नगरेका नयाँ जस्ता कामको पनि सामना गर्नु परेको छ । तर पनि मेरो कामलाई सहजता बनाउनमा टिमको मुख्य भूमिका रहेको छ । हामी टिमको स्पिडमा काम गर्ने गरेका छौँ ।

स्वास्थ्य सम्बन्धी कस्ता योजनाहरु ल्याउनुभएको छ ?
हाम्रो नगरले प्रदेशकै नमुना योग्य काम गरेको छ । पथरी स्वास्थ्य चौकीको नवनिर्मित भवनमा पहिलो बर्थिङ सेन्टरको रुपमा सेवा सुचारु गरिसकेका छौँ । उक्त सेवा २०७५ साउन २४ गतेबाट उद्घाटन गरेका हौँ, जसमा योग्यताको हिसाबले स्टाफ नर्स उत्तीर्ण गरेका ४ जना मेनपावरलाई नगरको सोर्सबाट रोखेका छौँ । यहि आर्थिक वर्षबाट पथरीशनिश्चरे स्वास्थ्य चौकीमा व्यवस्थित ल्याबको पनि सेवा विस्तार गर्ने कुरामा बजेट पनि विनियोजन भएको छ । त्यस्तै हसन्दह स्वास्थ्य चौकीमा पनि व्यवस्थित र गुणस्तर ल्याबको लागि पहल भएको छ । मलाई नमुना योग्य काम गरेको महसुस भएको छ । ज्येष्ठ नागरिकका स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम पनि नगरबाट घोषित भएका छन् र जसमा २ जना नर्सिङ स्टाफ हुन्छन् । ८० वर्ष माथिका ज्येष्ठ नागरिकका घरदैलोमै गएर स्वास्थ्य सम्बन्धि समस्या बुझेर सम्बन्धित ठाउँमा रेफेर गर्ने जस्तो कार्यक्रम पनि राखेका छौँ । त्यस्तै जनप्रतिनिधि आएपछिको पहिलो कार्यक्रमको रुपमा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रदेश १ को कुनै पनि अस्पतालमा लैजानका लागि एम्बुलेन्सको व्यवस्था नगरबाट हुने कार्यक्रम रहेको छ र यसलाई निरन्तरता दिइने छ । त्यस्तै महिला स्वास्थ्य स्वयम् सेविकालाई नेपाल सरकारले २०४७ सालबाट ६० वर्ष निरन्तर काम गरेबापत प्रोत्साहन स्वरुप दिदै आइरहेको रु १०,००० मा नगरबाट रु ५०,००० रिटायड भएर निस्कदा सहयोग गर्ने प्रावधान राखिएको छ र यसलाई निरन्तरता दिइने छ । त्यस्तै नगरपालिकाले नगरभित्रका जोकोहि नागरिक जो ५ दिर्घरोगहरु जसमा क्यान्सर, मुटुसम्बन्धी रोग, बोन म्यारो डिप्रसन, स्पाइनल कर्ड इन्ज्युरी र मृर्गौलाका बिरामीलाई जीवनमा एक पटकका लागि रु १५,००० दिइने नगरबाट घोषणा भएको छ र अहिलेसम्म जम्मा १५० जनाले यो सेवा प्राप्त गरिसकेका छन् । त्यस्तै महामारी रोगको नियन्त्रणका लागि कार्यक्रमअन्र्तग जापानिज इन्सेफलाइटिज, डेन्ग्यु, मलेरिया जस्ता रोगहरुले ग्रसित र सम्भावित क्षेत्र भएकाले पनि यस आर्थिक वर्षमा नगरले एउटा स्प्रे मेसिन खरिद कार्यक्रम पनि गरिसकेको छ । त्यस्तै यस पटकबाट महिला स्वयम् सेविकाहरुका लागि मासिक भत्तामा पनि वृद्धि गरिएको छ र अन्य विभिन्न खर्चका लागि पनि रकम छुट्याइएको छ । नगरबाट पनि महिला स्वयम् सेविका दिवस भव्यता साथ मनाउन भनी बजेट पनि छुट्याएको छ । यस वर्ष नेपाल सरकारबाट औषधी खरिदमा प्राप्त हुने ४ लाखमा थप गरेर २५ लाख औषधी खरिद र ५ लाख सर्जिकल सामान खरिद गर्ने हिसाबले जम्मा ३० लाखका औषधी विभिन्न ६ स्वास्थ्य संस्थाहरुमा वितरण गर्ने कार्यक्रम गर्छै । हामीले स्वास्थ्य सेविकाका मागअनुसार विभिन्न सामग्री जसमा झोला, छाता, ट्रच र साइकलको सुविधा पनि प्रदान गरिसकेका छौँ । पथरी र हसन्दह स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन र औषधीका लागि बजेट विनियोजन पनि गरिसकेका छौँ । त्यस्तै नगरले गरेको अर्को महत्त्वपूर्ण निर्णय भनेको क्षयरोगका बिरामीलाई खोजपड्ताल गरेर औषधी सेवन र पोसिलो खानेकुरा निरन्तर रुपमा प्रदान गरिने गरिको वातावरण सृजना गर्नु रहेको छ । पोषण, विद्यालय स्वास्थ्य शिक्षा, खोप कार्यक्रम, स्तनपान, आयोडिन, सप्ताह, बालविटा जस्ता कार्यक्रमहरु गरिदै आएका छन् । परिवार नियोजन, जन्मान्तर जस्ता कार्यक्रमका लागि दक्ष मेनपावर हुने र नगरमा सम्बन्धित ठाउँमा गएर सेवा प्रवाह गरेका छौँ । आइयुसीडी, बन्ध्याकरण शिविर, भ्यासेक्टोमी तथा मिनिल्याप जस्ता कार्यक्रमको आयोजना गरिने छन् । कीटनाशक रोगहरुको महामारी पैmलनबाट सचेत गराउने र रेपिड रेस्पोन्ज टिम पनि तयार गरेका छौँ । सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य कार्यक्रम सञ्चालनमा ल्याइएको र थुप्रै मानिसहरुले सुविधा प्राप्त गरिसकेका छन् । कुष्ठरोगको नियन्त्रणका शिविर सञ्चालन गरिने छ । त्यस्तै नगरमा करिब ३ वटा खोप केन्द्र निर्माण गरिने कार्यक्रम रहेको र बजेट पनि विनियोजन भएका छन् । त्यस्तै नियमित रुपमा खानेपानीको निगरानी पनि गरिरहेको अवस्था छ । लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रम पनि योजनामा समावेश भएको र अघि बढिरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes