विराटनगर । भारतीय सिमावर्ती बजार जोगबनीको रेल्वे स्टेशन अगाडिको टिकुलिया वस्तीमा बिहीबार दिउँसो एक जना नेतामाथि गोली प्रहार भएको छ ।
अज्ञात समूहले जनता दल युनाईटेडका नेता पप्पु पटेललाई मोटरसाईकलमा हिँडिरहेको बेला पछाडिबाट ३ राउण्ड गोली प्रहार गरेको भारतीय प्रहरीले जनाएको छ ।
गोली लागेका पप्पुलाई तत्काल विराटनगर स्थित विराट अस्पतालमा उपचारको लागि ल्याइएको थियो । गम्भीर घाईते भएका उनको त्यहाँ उपचार नसकेपछि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
भारतीय प्रहरीको अनुसार लागूऔषध कारोबारीले पटेलमाथि गोली प्रहरी गरेको आशंका गरिएको छ । गोली प्रहार गर्नेको खोजी कार्य तीव्र पारिएको भारतीय सुरक्षाकर्मीले बताएका छन् । पटेलको काँध, कोखा, तिघ्रा र ढाडमा गोली लागेको छ ।
घटनास्थलबाट भारतीय प्रहरीले पेस्तोलमा प्रयोग भएका गोलीहरु बरामद गरेको फार्बिसगञ्जका डीयसपी मनोज कुमारले जानकारी दिनुभयो । घटनास्थलमा भारतको कटिहार रेल्वेका डिएसपी उपेन्द्र कुमार र फार्बिसगंजका डिएसपी मनोज कुमारको टोलीले छानविन गरिरहेको छ ।