राजधानी धरान उपर्युक्त : सांसद जोशी - Pahilo Online

राजधानी धरान उपर्युक्त : सांसद जोशी

गाउँसभा र नगरसभा संचालन कार्यविधि विधेयक पेश

writer

पहिलो अनलाइन

विराटनगर । १ नम्बर प्रदेशसभा संसदमा गाउँसभा र नगरसभा संचालन कार्यविधि (विधेयक) २०७४ पेश भएको छ ।

शुक्रबार बसेको संसद बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गाउँसभा र नगरसभा संचालनका लागि बनेको कार्यविधि विधेयक संसदमा प्रस्तुत गर्नुभएको हो । सामान्य छलफल पछि उक्त विधेयकमा संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइएको छ ।

यसअघि संसदको शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न जनसरोकारका विषय उठाएका छन् । धरान सुनसरीकी सांसद सावित्री जोशीले सुनसरीको धरानलाई राजधानी बनाउनु पर्ने माग गर्नुभयो । उहाँले हावापानी, भूगोल र भौतिक संरचनाको हिसावले धरान उपर्युक्त भएको दाबी पेश गर्नुभयो ।

संसद बैठकमा बोल्दै सांसद विद्यानन्द चौधरीले विराटनगर–गौरिगंज सडकमा पर्ने रतुवामाईमा बनेको पुल निर्माण नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले पिछडिएका दलितको नागरिकता पाउने अधिकारबाट बञ्चित भएको भन्दै सरकारले वैकल्पिक व्यवस्था गरेर नागरिकता दिनुपर्ने बताउनु भयो ।

यस्तै मोरङका सांसद लिलाबल्लभ अधिकारीले बक्राहा, मरिया, डाँस, चिसाङ, लोहन्द्रा जस्ता खोलाका कारण जनता आक्रान्त भएको भन्दै तटबन्ध नियन्त्रणका लागि प्रदेशसरकारको ध्यानाकर्षण गराउनु भयो ।

सुनसरीका सांसद मोहम्मत ताहिर अन्सारीले कोशी टप्पुका जनावर अर्ना, हात्ती र बँदेलको आक्रमणबाट जनता आजित भएको भन्दै उचित व्यवस्थापनको माग गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes