सहर सफा राख्न इकाइ स्थापना गरिने - Pahilo Online

सहर सफा राख्न इकाइ स्थापना गरिने

writer

पहिलो अनलाइन

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले सहरलाई यवस्थित बनाउन प्रदेश सरकारले विभिन्न योजना ल्याएको बताउनुभएको छ ।

साना सहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजना र सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपालको संयूक्त आयोजनामा बिहीबार विराटनगरमा आयोजित मानव मलमूत्र व्यबस्थापन सम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै प्रदेशका सबै शहर र नगरलाई बसोबास योग्य बनाउन प्रदेश सरकारले विशेष प्राथमिकताका साथ बजेट ल्याएको उहाँले जानकारी दिनुभयो ।

प्रदेशभरिका नगरपालिकाको विकासका लागि मन्त्रालयभित्र नगर विकास समन्वय इकाई स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रदेशभरिका नगरपालिकालाई सभा, स्वच्छ र सुन्दर सहर विकासका लागि बजेटको अभाव हुन नदिने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । साना सहरी खानेपानी तथा सरसफाई आयोजनाका निर्देशक रामचन्द्र साहले मानव मलमूत्र व्यवस्थापन र खानेपानी स्थानीय तहको जिम्मेवारी भएको बताउनुभयो ।

उहाँले कतिपय स्थानीय तह र जनप्रतिनिधिले आयोजनाका मातहतमा बनेका विभिन्न समितिले स्थानीय तहलाई बाइपास गरेको गुनासो गरे पनि ति समितिलाई सहयोगी संस्थाका रूपमा बुझ्न आग्रह गर्नुभयो । फोहोर व्यवस्थापन र खानेपानीको मुख्य जिम्मेवारी स्थानीय तहको नै भएपनि कतिपय अनुभवी संस्थालाई सँगसँगै लैजाँदा स्थानीय तहलाई काम गर्न सहज हुने उहाँले बताउनुभयो ।

साथै मुलुक खुला दिसामुक्त घोषणा हुन गइरहेको अवस्थामा शौचालयको सेफ्टी ट्याङकमा जम्मा हुने मानव मलमुत्र व्यबस्थापनका लागि नीतिगत व्यवस्था आवश्यक रहेको उहाँले बताउनुभयो । मानव मलमुत्र व्यवस्थापन गर्दै सफा, स्वच्छ र व्यवस्थित सहर निर्माणका लागि आयोजित अन्तरक्रियामा प्रदेश १ स्थित ४९ नगरपालिकाका प्रमुख तथा १७ साना सहरी नगर आयोजनाका उपभोक्ता समितिका अध्यक्ष र ९ वायो ग्याँस कम्पनीका प्रतिनिधिको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes