स्वस्थ प्रदेश हुने मुख्यमन्त्रीको दावी - Pahilo Online

स्वस्थ प्रदेश हुने मुख्यमन्त्रीको दावी

writer

पहिलो अनलाइन

विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आगामी वर्ष १ नम्बर प्रदेश स्वस्थ्य प्रदेश हुने बताउनु भएको छ ।  सामाजिक विकास मन्त्रालयले घोषणा गरेको ‘मेरो वर्ष–२०७५’ कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले ७ वटा प्रदेशमध्ये १ नम्बर प्रदेश नमूना हुने दावी गर्नुभयो ।

मुख्यमन्त्री राईले सबैलाई स्वस्थ्य रहनका लागि गरिएका ८ प्रतिबद्धता पालना गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयको तर्फबाट गरिएका ८ प्रतिबद्धतामा हस्ताक्षर पनि गरिएको छ ।

प्रतिबद्धताहरुमा म प्रदूषण नियन्त्रणमा सजग गर्दै आफ्नो घार आँगन, चर्पी र समुदाय सफा राख्छु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु, म स्वस्थ्य र पोषिलो खाना खान्छु, म नियमित व्यायाम गर्छु, म रक्सी, चुरोट र सूर्तिजन्य पदार्थबाट टाढै रहन्छु, म तनावरहित जीवनशैली आत्मसाथ गर्छु र म ट्राफिक नियमको पालना गर्छु भन्ने रहेको छ । विराटनगरस्थित रामजानकी सेवा सदनमा आयोजित कार्यक्रममा योगअभ्यास पनि गरिएको थियो ।

कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ पदाधिकारी, कर्मचारी, उद्योगी व्यवसायी लगायतको उपस्थिति थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes