विराट गोल्डकप : आज आर्मी र झापा ११ भिड्ने - Pahilo Online

विराट गोल्डकप : आज आर्मी र झापा ११ भिड्ने

writer

पहिलो अनलाइन

विराटनगर । विराट गोल्डकपमा शुक्रबार पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ ।

बिहीबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई स्तब्ध बनाउँदै थ्री स्टार क्बल विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको थियो ।

विराटनगरस्थित शहीद रंगशालामा भएको अन्तिम क्वार्टरफाइनलमा मनाङको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै थ्रीस्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफ सम्म १–० गोल अन्तरले अगाडि रहेको मनाङलाई अन्तिम समयमा आएर थ्री स्टारले निराश तुल्यायो । उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्किएको थ्री स्टारको जितमा विमल घर्तीमगर र विदेशी खेलाडी मार्टिनले गोल गरे। खेलको १९ औं मिनेटमा मनाङले अग्रता लिएको थियो ।

सुवास गुरुङको पासमा विशाल राईले डीबक्स भित्रबाट गरेको हाफ बाइसाइकल प्रहारले जाली चुम्दा थ्रीस्टरका गोलरक्षक एलन न्यौपानेले कुनै मौकै पाएनन् । पहिलो हाफ १–० को अवस्थामा सकियो । खेलको ७१ औं मिनेटमा विमल घर्तीमगरको पेनाल्टी सुटमार्फत भएको गोलले थ्री स्टारलाई खेलमा फर्कन मद्दत गर्‍यो ।

मनाङका गोलरक्षक विशाल श्रेष्ठले विपक्षी खेलाडी मार्टिनलाई डीबक्स भित्र गलत ‘ट्याकल’ गरेर लडाएपछि रेफ्री श्रवण लामाले थ्रीस्टारलाई पेनाल्टीको मौका दिएका थिए । त्यसमा घर्तीमगर चुकेनन् । त्यसको चार मिनेट पनि वित्न नपाउँदै थ्री स्टार २–१ ले अघि बढ्यो । ७५ औं मिनेटमा मार्टिनले गोल गर्दा थ्रीस्टारको जित निश्चित बन्यो ।

विमलको लङ पासमा मार्टिनले हेडमार्फत उत्कृष्ट गोल गरे । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै विजयी बनेको थ्रीस्टारले आगामी शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा संकटाको सामना गर्नेछ । खेलको ‘म्यान अफ दी म्याच’ थ्रीस्टारका मार्टिन घोषित भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes