विराटनगर । ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विराटनगरका पत्रकार नविन कर्ण पुरस्कृत हुने भएका छन् । सहकारी दिवसको अवसरमा विराटनगरबाट पत्रकारिता क्षेत्रमा सक्रिय नवीनचन्द्र कर्णलाई पुरस्कृत गर्न लागिएको हो ।
विराटनगरस्थित जिल्ला सहकारी संघ मोरङका अध्यक्ष एवम् पुरस्कार छनौट समितिका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षतामा बसेको बैठकले कर्णलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
चैत्र २० गते स्थानीय वीरेन्द्र सभागृहमा ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा पत्रकार कर्णलाई ५ हजार १ रुपैयाँ नगद राशी र सम्मानपत्रसहित सो पुरस्कार प्रदान गरिनेछ । नेपाल पत्रकार महासंघ मोरङको कार्यसमिति सदस्य रहेका कर्ण मकालु टेलिभिजनमामा कार्यरत पत्रकार हुन् ।
बधाई छ