काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले कर्मचारीहरु समयमै कार्यालयमा नआएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
जिम्मेबार हाकिम नै कार्यालयमा अनुपस्थिति देखिँदा काम दिन नसकिने उहाँको भनाइ थियो । प्रशासन चुस्त बनाउन समयको महत्वलाई ध्यान नदिनेलाई कारबाही गरिने उहाँले बताउनु भयो ।
मन्त्रालयका कर्मचारी आए नआएको विषयमा मन्त्री चौधरीले सोमबार अवलोकन, निरीक्षण र छड्के जाँच गर्नुभएको थियो । अनुगमनका क्रममा समयभन्दा आधा घन्टा ढिलो पनि भूमि व्यवस्था विभागका कर्मचारी कार्यालयमा पुगेका थिएनन् । मन्त्री चौधरीले उपस्थित नभएका कर्मचारीको स्पष्टिकरण लिने तयारी गरेको मन्त्रालयले जनाएको छ ।
८६ जना भन्दा बढी कर्मचारी रहेको कार्यालयमा आधा भन्दा बढी कर्मचारी अनुपस्थित थिए । ‘अब यसरी चल्दैन गम्भिरतापूर्वक स्पष्टिकरण सोधिन्छ, चित्त नबुझेको खण्डमा कारबाहीको कदम पनि उठाइन्छ,’ मन्त्री चौधरीले भन्नुभयो । सुशासन र समयमा जनतालाई सेवा दिने विषयमा कसैसँग पनि सम्झौता नहुने उहाँको भनाइ थियो ।
Good jod