राज्यमन्त्री रामकुमारी चौधरीको छड्के - Pahilo Online

राज्यमन्त्री रामकुमारी चौधरीको छड्के

विभागका आधा कर्मचारी कार्यालय समयमा आएनन्

writer

पहिलो अनलाइन

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले कर्मचारीहरु समयमै कार्यालयमा नआएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

जिम्मेबार हाकिम नै कार्यालयमा अनुपस्थिति देखिँदा काम दिन नसकिने उहाँको भनाइ थियो । प्रशासन चुस्त बनाउन समयको महत्वलाई ध्यान नदिनेलाई कारबाही गरिने उहाँले बताउनु भयो ।

मन्त्रालयका कर्मचारी आए नआएको विषयमा मन्त्री चौधरीले सोमबार अवलोकन, निरीक्षण र छड्के जाँच गर्नुभएको थियो । अनुगमनका क्रममा समयभन्दा आधा घन्टा ढिलो पनि भूमि व्यवस्था विभागका कर्मचारी कार्यालयमा पुगेका थिएनन् । मन्त्री चौधरीले उपस्थित नभएका कर्मचारीको स्पष्टिकरण लिने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

८६ जना भन्दा बढी कर्मचारी रहेको कार्यालयमा आधा भन्दा बढी कर्मचारी अनुपस्थित थिए । ‘अब यसरी चल्दैन गम्भिरतापूर्वक स्पष्टिकरण सोधिन्छ, चित्त नबुझेको खण्डमा कारबाहीको कदम पनि उठाइन्छ,’ मन्त्री चौधरीले भन्नुभयो । सुशासन र समयमा जनतालाई सेवा दिने विषयमा कसैसँग पनि सम्झौता नहुने उहाँको भनाइ थियो ।

मा प्रकाशित

1 thought on “राज्यमन्त्री रामकुमारी चौधरीको छड्के

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes